ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरका सडक र ढल निकास समस्या समाधान गर्न सांसद कुलुजुको स्थलगत निरीक्षण


ABC NEWS
८ भदौ २०८३, सोमबार   १२ : ३५   बजे

भक्तपुर । संघीय सांसद प्रमिला कुलुजुले भक्तपुरका विभिन्न क्षेत्रमा देखिएका सडक, सडक मापदण्ड तथा ढल निकासका दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्दै स्थलगत निरीक्षण गर्नुभएको छ।

आइतबार भएको निरीक्षणका क्रममा भक्तपुर सल्लाघारी–नगरकोट सडकखण्डअन्तर्गत ठूलो ब्यासीदेखि कमलविनायक मूलढोकासम्मको सडक मापदण्ड तथा स्तरोन्नति, कमलविनायक लान्चा फल्चादेखि खरिपाटी ब्यारेकसम्मको ढल निकास तथा सडक सुधार र पाइपलाइन सिलख क्षेत्रका राजाकुलो, बाटो तथा ढल निकाससम्बन्धी समस्याबारे छलफल गरिएको हो।

छलफलमा पूर्वाधार विकास मन्त्रीका निजी सचिव राजेन्द्र बम, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रत्नप्रसाद लामिछानेसहित सम्बन्धित निकायका प्रतिनिधि सहभागी थिए।

सडकको अवस्थाप्रति स्थानीयको गुनासो

स्थलगत निरीक्षणका क्रममा स्थानीयवासीले सडकको दुरवस्थाका कारण दैनिक आवतजावतदेखि आपत्कालीन स्वास्थ्य सेवासम्म प्रभावित भएको गुनासो गरेका छन्।

स्थानीयका अनुसार सडक खराब हुँदा एम्बुलेन्ससमेत समयमा बिरामीसम्म पुग्न कठिन हुने गरेको छ। वर्षायाममा समस्या झनै जटिल हुने भन्दै उनीहरूले सडक स्तरोन्नति र ढल निकासको दीर्घकालीन समाधान गर्न माग गरेका छन्।

सडकको अवस्थाका कारण बालबालिकालाई विद्यालय पठाउँदा समेत वर्षा भए सुरक्षित रूपमा घर फर्कने हो कि होइन भन्ने चिन्ता हुने गरेको स्थानीयवासीले बताएका छन्। सामान्य दैनिक कामका लागि समेत मौसम हेरेर घरबाट निस्कनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

बजेट कार्यान्वयनमा प्रश्न

स्थानीयवासीले सडक निर्माण तथा स्तरोन्नतिका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि अपेक्षित काम हुन नसकेको बताएका छन्।

विगतमा सडक विकासका लागि बजेट विनियोजन भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा बजेट फिर्ता जाने गरेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

ढल निकासको दीर्घकालीन समाधान माग

स्थानीयवासीले सडकसँगै ढल निकासको उचित व्यवस्थापन गर्न माग गरेका छन्। वर्षायाममा पानी जम्ने तथा सडकमा आवतजावतमा समस्या हुने भएकाले सडक स्तरोन्नतिसँगै व्यवस्थित ढल निकासको योजना बनाउनुपर्ने उनीहरूको भनाइ छ।

सांसद कुलुजुको स्थलगत निरीक्षणपछि सम्बन्धित निकायबीच समन्वय गरी सडक, ढल तथा राजाकुलोसहितका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने पहल अघि बढ्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

Nepali Leader Urges Unity for Rescue Efforts Post-Devastation

A Strong Welfare State Changes the Meaning of Unemployment

Ridley Scott’s ‘The Dog Stars’ Criticized for Lackluster Postapocalyptic Thrills

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu