काठमाडौं । नेपाली सेनाका दुई जना सहायक रथी उपरथी पदमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार सहायक रथी द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्।
भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई उपरथी पदमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवापछि प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार आयोजित विशेष कार्यक्रममा दुवैलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
यस्तै, नेपाली सेनामा प्रमुख सेनानी पदमा कार्यरत चार जना अधिकारी महासेनानीमा बढुवा भएका छन्। उनीहरूलाई पनि सोही कार्यक्रममा प्रधानसेनापति सिग्देलले नयाँ दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
नेपाली सेनाले संगठनभित्र रिक्त पदपूर्ति र नियमित बढुवा प्रक्रियाअन्तर्गत विभिन्न तहका सैनिक अधिकारीहरूको पदोन्नति गर्दै आएको छ। पछिल्लो बढुवासँगै सेनाको उच्च तहको संगठनात्मक संरचनामा पनि नयाँ पदपूर्ति भएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्