तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा खसेको पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ। आइतबार साँझ परेको पहिरोले सडकको एक लेन पूर्ण रूपमा अवरुद्ध भएको छ भने बाँकी लेनबाट पनि सवारी सञ्चालन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
पहिरो खसेको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको छ। ट्राफिक प्रहरीसमेत परिचालन गरी पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।
पहिरोका कारण राजमार्गमा सवारीको चाप र आवागमनमा समस्या देखिएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सावधानी अपनाउन र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्