ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशसभा बैठक साँझ ५ बजेलाई सर्‍यो, विश्वासको मतअघि दलहरूबीच सहमति खोज्दै


ABC NEWS
८ भदौ २०८३, सोमबार   ३ : ४५   बजे

हेटौँडा । बागमती प्रदेशसभाको सोमबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक अन्तिम समयमा साँझ ५ बजेका लागि सारिएको छ। मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरिरहेका बेला दलहरूबीच सहमति नजुटेपछि बैठकको समय परिवर्तन गरिएको हो।

प्रदेशसभा सचिवालयले विशेष कारणवश निर्धारित समयमा बैठक बस्न नसक्ने जनाएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक आजै साँझ ५ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका हुन्।

मुख्यमन्त्री थापा मगरले सोमबारकै प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची बनाएका थिए। तर, विश्वासको मतसँगै समसामयिक राजनीतिक विषयमा दलहरूबीच मतभेद देखिएपछि निर्धारित समयमा बैठक बस्न नसकेको बताइएको छ।

राप्रपाको विवाद र सांसद कारबाहीको विषय पेचिलो

प्रदेश सरकारलाई समर्थन गर्ने सांसदहरूको अवस्था, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद तथा सांसदहरूमाथि भएको कारबाहीको विषयलाई लिएर प्रदेश राजनीतिमा विवाद चर्किएको छ।

मुख्यमन्त्री नियुक्तिका क्रममा राप्रपाका केही प्रदेशसभा सदस्यको समर्थनलाई लिएर प्रश्न उठिरहेको छ। पार्टी केन्द्रको निर्णयविपरीत सरकार गठनमा समर्थन गरेको विषय तथा त्यसपछि भएका कारबाहीले सरकारको बहुमत र विश्वासको मत प्रक्रियालाई थप जटिल बनाएको छ।

सोमबार बिहानदेखि नै दलहरूबीच सहमति जुटाउने प्रयास भइरहेको बताइएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचनामा भने बैठक सारिनुको कारण केवल ‘विशेष कारण’ उल्लेख गरिएको छ।

अब बागमती प्रदेशसभाको बैठक साँझ ५ बजे बस्नेछ। उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने वा राजनीतिक सहमतिको प्रयासले नयाँ मोड लिने भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

परराष्ट्रमन्त्री खनाल र ब्राजिलका राजदूतबीच भेट, पर्यटनदेखि सर्पदंश उपचारसम्म सहकार्यको चर्चा

सम्बन्धित

यूएईसँग श्रमिकका लागि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रक्रिया सहज बनाउन मन्त्री यादवको आग्रह

जेनजी आन्दोलनमा पक्राउ परेकालाई थुनामुक्त गर्न सांसद यादवको माग

सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्समा २३ प्रतिशतसम्म क्यासब्याक

वीरगञ्जमा प्रोटोनको नयाँ सोरुम, ‘अल–न्यू इ.मास ५’ सार्वजनिक

नेपाली बजारमा ‘न्यू ब्रेजा’ सार्वजनिक, टर्बो इन्जिनदेखि नयाँ सुरक्षा फिचरसम्म

सहकारी ठगीको राजनीतिक जालोमाथि मनोज भट्टको अनुसन्धानमूलक पुस्तक आउँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu