ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निषेधित तोक्ने निर्णयप्रति नेवि संघको आपत्ति


admin
४ बैशाख २०७५, मंगलबार   ७ : १३   बजे

काठमाडौं, ४ वैशाख । प्रमुख प्रतिपक्ष काँग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई ज्ञापन पत्र बुझाउँदै काठमाडौंको विभिन्न स्थानलाई निषेधित क्षेत्र तोक्ने निर्णयप्रति आपत्ति जनाएको हो । त्यस अवसरमा संघले तत्काल निषेधित क्षेत्र तोक्ने निर्णय खारेज नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ ।

नागरिकको आवाजलाई बुलन्द गर्ने माईतीघर जस्ता सार्वजनिक ठाउँहरुमा कुनै पनि कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने नमिल्ने भएकाले यस्ता ठाउँमा लगाइएको निषाधाज्ञा तत्काल हटाउन माग गर्नु परेको संघका महामन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनु भयो । उहाँले सरकारले काठमाडौंका सार्वजनिक ठाउँहरुमा निषेधाज्ञा लगाउने निर्णय फिर्ता नलिए आफूहरु निषेधाज्ञा तोड्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।

यता, प्रमुख जिल्ला अधिकारी शर्माले भने काठमाडौंलाई व्यवस्थित बनाउन सार्वजनिक स्थलहरुमा निषेधाज्ञा लगाउने निर्णय लिइएको बताउनुभयो । उहाँले सरकारको निर्णय कार्यान्वयन गर्ने दायित्वबाट आफूहरु पछि नहटने पनि स्पष्ट पार्नुभयो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले खुलामंच, तीनकुनेको खाली रहेको चौर, भगवान पाउँको भईखेल चौर, पेप्सीकेलाको खेल मैदान, सानो गौचरणस्थित फुटबल मैदान, लैनचौरस्थित खुला ग्राउन्ड र सिफल चौरबाहेक अन्य ठाउँमा धर्ना, विरोध, प्रर्दशनलगायतका विरोधका कार्यक्रम गर्न प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group