ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तारूढ दलको विवादले बागमती प्रदेश सभा बैठक फेरि सर्‍यो, विश्वासको मत प्रक्रिया अन्योलमा


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ४५   बजे

हेटौँडा । सत्तारूढ दलहरूबीचको विवाद समाधान हुन नसक्दा बागमती प्रदेश सभाको बैठक फेरि सारिएको छ। साँझ ५ बजेका लागि तय गरिएको बैठक राति ८ बजेका लागि सारिएको हो।

यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक पनि दलहरूबीच सहमति जुट्न नसकेपछि साँझ ५ बजेका लागि सारिएको थियो। तर, सत्तारूढ गठबन्धनभित्र सरकारको भागबण्डा, मन्त्री छनोट र शक्ति बाँडफाँटको विषयमा विवाद कायम रहेपछि बैठक दोस्रो पटक पनि सार्नुपरेको हो।

सत्तारूढ नेकपाभित्र केही प्रदेश सभा सदस्य मन्त्री नियुक्ति, मन्त्रालय बाँडफाँट तथा सरकार सञ्चालनमा आफ्नो दलको भूमिकालाई लिएर असन्तुष्ट रहेको बताइएको छ। दलभित्र सहमति नजुटेसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने संकेत उनीहरूले दिएका छन्।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पनि संसदीय दलका नेता उद्धव थापाको विषयलाई लिएर विवाद कायमै छ। पार्टी केन्द्रले थापामाथि गरेको कारबाहीलाई लिएर प्रदेश सभामा समेत मतभेद देखिएको छ। राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन ह्विपसमेत जारी गरिसकेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटको टुंगो नलाग्दै विश्वासको मत लिने प्रक्रिया अघि बढाइए प्रदेश सभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ।

सत्तारूढ दलभित्रको शक्ति बाँडफाँट विवाद, राप्रपाभित्रको आन्तरिक मतभेद र प्रमुख प्रतिपक्षी कांग्रेसको चेतावनीका कारण मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रक्रिया थप अन्योलमा परेको छ।

प्रदेश सभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचना अनुसार प्रदेश सभाको बैठक अब राति ८ बजे बस्ने तय गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

Nepali Leader Urges Unity for Rescue Efforts Post-Devastation

A Strong Welfare State Changes the Meaning of Unemployment

Ridley Scott’s ‘The Dog Stars’ Criticized for Lackluster Postapocalyptic Thrills

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu