ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्याङ्जामा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित १० घाइते


ABC NEWS
८ भदौ २०८३, सोमबार   ७ : ५५   बजे

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका–९, साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

उकालो घुम्तीमा पुग्दा चालकले गाडीमाथिको नियन्त्रण गुमाएपछि बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा दुई यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बोलेरोमा दुर्घटनाका बेला कति जना सवार थिए भन्ने यकिन हुन बाँकी रहेको छ। मृतक तथा घाइतेहरूको परिचयसमेत खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्देशन अटेर गरी बागमती सरकारमा सहभागी तीन सांसदलाई राप्रपाले गर्‍यो पदमुक्त

 तीन सातापछि लगानी बोर्डको जिम्मेवारी सम्हालिन् नवनियुक्त सीईओ याङ्की उक्याब

सम्बन्धित

विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउँछौँ : सञ्चारमन्त्री तिमिल्सिना

 बैंकको नाफा चम्कियो, तर खराब कर्जा किन झन् बढ्यो ?

 नेपालमा विपद् तयारी उपकेन्द्र स्थापना गर्न सरकार र एडीपीसीबीच सम्झौता

 अब हरेक साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

 मानवीय सेवामा सहकार्य गर्न एनआरएनए र नेपाल रेडक्रसबीच सम्झौता

 गरिमा हत्या प्रकरणको भाइरल भिडिओपछि एसपी कुँवरसहित प्रहरी अधिकारी छानबिनको दायरामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu