काठमाडौँ । सरकारले ४७ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सो सरुवा निर्णय गरेको हो।
सरुवा भएकामध्ये २१ जनालाई प्रमुख प्रशासकीय अधिकृत (नगरपालिका) पदमा नियुक्त गरी स्थानीय तहमा पठाइएको मन्त्रालयले जानकारी दिएको छ। टोखा नगरपालिका, काठमाडौँमा रामप्रसाद आचार्य, दमक नगरपालिका, झापामा कमल भट्टराई र बागलुङ नगरपालिका, बागलुङमा राजन केसीलगायतलाई प्रमुख प्रशासकीय अधिकृत पदमा सरुवा गरिएको छ।
मन्त्रालयले जारी गरेको सूचीअनुसार थप स्थानीय तहमा पनि उपसचिवहरूलाई पठाइएको छ। विस्तृत सूची मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्