ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनको १९ बुँदे घोषणापत्र जारी


ABC NEWS
८ भदौ २०८३, सोमबार   १० : १५   बजे

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन २०८३ को १९ बुँदे काठमाडौं घोषणापत्र जारी गरिएको छ।

साउन २५ देखि २७ गतेसम्म काठमाडौंमा आयोजित सम्मेलनको घोषणापत्र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सार्वजनिक गरेको हो। नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा भएको सम्मेलनमा भाषा संरक्षण, मातृभाषा पत्रकारिताको विकास, संस्कृति, पहिचान, मानव अधिकार तथा लोकतन्त्र सुदृढीकरणका विषयमा छलफल गरिएको थियो।

फोनिजका महासचिव समीर बलामीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, पत्रकार, अभियन्ता र सरोकारवालाबीच भएको छलफलका आधारमा १९ बुँदे घोषणापत्र जारी गरिएको हो।

सम्मेलनको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले गरेकी थिइन् भने समापन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले गरेकी थिइन्। फोनिजका अध्यक्ष लक्की चौधरीका अनुसार विभिन्न देशबाट आएका मातृभाषी पत्रकारसहित करिब चार सय पत्रकार सम्मेलनमा सहभागी भएका थिए।

मातृभाषा सञ्चार नीति बनाउन माग

घोषणापत्रमा नेपालका प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानलाई सम्मान गर्दै उहाँको नाममा मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवसलाई राष्ट्रिय दिवसका रूपमा निरन्तरता दिन माग गरिएको छ।

आफ्नो मातृभाषामा बोल्ने, लेख्ने, पढ्ने र सञ्चार गर्ने अधिकारलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्न विशेष मातृभाषा सञ्चार नीति निर्माण र कार्यान्वयन गर्न पनि माग गरिएको छ।

मातृभाषामा सञ्चालित सञ्चारमाध्यमको दिगोपनाका लागि समानुपातिक विज्ञापन, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने घोषणापत्रमा उल्लेख छ। मातृभाषी पत्रकारको श्रम, पारिश्रमिक, पेसागत सुरक्षा र अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न विशेष प्रोत्साहन तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नसमेत माग गरिएको छ।

डिजिटल प्रविधिमा सबै भाषाको पहुँच

घोषणापत्रमा भाषा, लिपि तथा लेख्य परम्पराको संरक्षणसँगै शिक्षा क्षेत्रमा मातृभाषाको अध्ययन–अध्यापन विस्तार गर्न जोड दिइएको छ।

डिजिटल प्रविधिमा सबै भाषाको समान पहुँच सुनिश्चित गर्नुपर्ने माग गर्दै मातृभाषालाई प्रविधिमैत्री बनाउन आवश्यक नीति तथा पूर्वाधार विकास गर्न पनि आह्वान गरिएको छ।

यस्तै, आदिवासी जनजातिका ज्ञान, संस्कृति तथा प्राकृतिक स्रोतसम्बन्धी अधिकार संरक्षण गर्न र जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई नेतृत्वका साझेदारका रूपमा स्वीकार गर्न माग गरिएको छ।

वन नीति तथा प्राकृतिक स्रोतसम्बन्धी परियोजनामा आदिवासी जनजातिको पूर्वसहमति अनिवार्य गर्नुपर्नेमा पनि घोषणापत्रले जोड दिएको छ।

सञ्चारमा समान प्रतिनिधित्वको माग

घोषणापत्रले समावेशी सञ्चार र लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चारमाध्यममा सबै भाषिक समुदायको समान प्रतिनिधित्व सुनिश्चित गर्न आह्वान गरेको छ।

संयुक्त राष्ट्रसंघ, युनेस्कोलगायत अन्तर्राष्ट्रिय निकायलाई मातृभाषा पत्रकारिता तथा लोपोन्मुख भाषाको संरक्षणमा सहयोग बढाउन आग्रह गरिएको छ।

वि.सं. २००८ मा स्थापित नेपाल पत्रकार संघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई मान्यता दिनसमेत सरकारसँग माग गरिएको छ।

घोषणापत्रले ‘बहुभाषिकता मानवताको शक्ति हो, भाषा संरक्षण मानव सभ्यताको संरक्षण हो’ भन्ने सन्देश विश्वसामु प्रस्तुत गरेको छ।

सम्मेलनले मातृभाषा, पत्रकारिता, आदिवासी अधिकार, जलवायु न्याय र विश्वशान्तिका लागि विश्वभरका मातृभाषी पत्रकार तथा सरोकारवालाबीच ऐक्यबद्धता र सहकार्यको प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

घोषणापत्रमा फोनिजका अध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अर्जुन जम्नेली राईलगायतले हस्ताक्षर गरेका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा बेपत्ताका आफन्तबाट ५ सय ३६ जनाको डीएनए नमुना संकलन

नुवाकोटको बट्टारमा सारिँदै दक्षिण कोरियाली उद्धार टोलीको बेसक्याम्प

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nigerian Anticorruption Agency Sacks Over 40 Staff for Misconduct

Nepal’s Parliament Passes Special Motion on Bhotekoshi Flood Victims

Nepali Leader Urges Unity for Rescue Efforts Post-Devastation

A Strong Welfare State Changes the Meaning of Unemployment

Ridley Scott’s ‘The Dog Stars’ Criticized for Lackluster Postapocalyptic Thrills

विमानस्थलमा बगेका आँसु : रेमिट्यान्सको पछाडि लुकेको नेपाली परिवारको कथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu