ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसी कटानबाट वराहक्षेत्र जोगाउन विस्तृत अध्ययनसहित संरक्षण योजना अघि बढाइने


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

सुनसरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोसी नदीको कटानबाट धार्मिक तथा सांस्कृतिक धरोहर वराहक्षेत्र जोगाउन विस्तृत अध्ययन गरी चरणबद्ध रूपमा नदी नियन्त्रण तथा संरक्षणका कार्यक्रम अघि बढाउने बताएका छन्।

कोसी र मधेस प्रदेशका ऊर्जा तथा जलस्रोत आयोजनाको निरीक्षण तथा स्थानीयसँग संवाद गर्ने क्रममा वराहक्षेत्र पुगेका मन्त्री श्रेष्ठले मन्दिरका पुजारी, जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीसँग छलफल गर्दै वराहक्षेत्र संरक्षण सरकारको प्राथमिकतामा रहेको बताए।

वर्षेनी कोसी नदीको कटान तथा नदीसँगै बगेर आउने गेग्रानका कारण वराहक्षेत्र जोखिममा पर्दै गएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आवश्यक प्राविधिक अध्ययन तत्काल अघि बढाउने बताए।

‘वराहक्षेत्र धार्मिक आस्थाको महत्वपूर्ण धरोहर हो। यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छ,’ उनले भने, ‘मन्दिर व्यवस्थापन समितिले यसअघि गरेको अध्ययनलाई मन्त्रालयका विज्ञ तथा प्राविधिक टोलीबाट अध्ययन गराएर काम गर्न सकिने भए तत्काल अघि बढाइनेछ। थप अध्ययन आवश्यक देखिए त्यसलाई समेत छिटो पूरा गरी नदी नियन्त्रणको कार्ययोजना कार्यान्वयनमा लगिनेछ।’

तटबन्ध र नदी नियन्त्रणको योजना

मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सञ्चालित नदी नियन्त्रण तथा तटबन्ध कार्यक्रममार्फत वराहक्षेत्र संरक्षणका लागि आवश्यक संरचना निर्माण तथा नदी व्यवस्थापनका काम अघि बढाइने बताए।

सुनसरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य सिर्जना श्रेष्ठले कोसी नदीको कटान र बाढीसँगै आउने गेग्रानका कारण वराहधाम र चतरालगायत क्षेत्रमा वर्षेनी क्षति भइरहेको बताउँदै नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिन्।

मन्त्रालयकी सचिव सरिता दवाडीले कोसी नदीको कटान नियन्त्रणका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताउँदै वराहक्षेत्र संरक्षणका लागि योजनाबद्ध कार्यक्रम अघि बढाउने जानकारी दिइन्।

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक डा. महेश्वर श्रेष्ठले मन्दिर व्यवस्थापन समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन गरिने बताए। प्राविधिक अध्ययनपछि थप काम आवश्यक देखिए सोहीअनुसार नयाँ अध्ययन गरी तटबन्ध तथा नदी नियन्त्रणका संरचना निर्माण गरिने उनको भनाइ छ।

धार्मिक तथा पर्यटकीय महत्व

कोसी र कोका नदीको संगममा रहेको वराहक्षेत्र नेपालको प्राचीन धार्मिक तथा सांस्कृतिक तीर्थस्थलमध्ये एक हो। भगवान् विष्णुले वराह अवतार धारण गरी पृथ्वीको उद्धार गरेको धार्मिक विश्वाससँग जोडिएको यस क्षेत्रको उल्लेख विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा पाइन्छ।

वराहक्षेत्रमा वर्षभरि नेपाल तथा भारतलगायत विभिन्न स्थानबाट श्रद्धालु पूजाआजा र स्नानका लागि आउने गर्छन्। धार्मिक तथा पौराणिक महत्वसँगै सप्तकोसीको प्राकृतिक सौन्दर्यका कारण यो क्षेत्र धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Netherlands Withdraws From Eurovision Citing Political Concerns

Meta Faces Over $1 Trillion In Legal Challenges Over Addictive Platforms

France and Saudi Arabia Announce $7 Billion Theme Park Project Near Paris

Netanyahu Alleges Iran Targeted One Of His Sons In Assassination Attempt

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu