ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभाको भदौ १५ देखि २४ गतेसम्मको संसद् क्यालेन्डर स्वीकृत


ABC NEWS
९ भदौ २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर तय भएको छ। सभामुख डीपी अर्यालको अध्यक्षतामा मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी बैठकको कार्यसूची तथा सञ्चालनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको हो।

बैठकमा प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, सदनलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा विचाराधीन विषयलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

यी दिन बस्नेछ बैठक

समितिको बैठकले भदौ १५, १६, १७, २२, २३ र २४ गते प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने कार्यतालिका स्वीकृत गरेको छ।

बैठकमा महत्त्वपूर्ण विधेयक तथा समसामयिक विषयलाई प्राथमिकताका साथ अघि बढाउने, संसद्को कामकारबाही नियमित र प्रभावकारी बनाउने तथा सदनको कार्यसम्पादनलाई थप व्यवस्थित गर्ने विषयमा पनि छलफल भएको थियो।

दलका प्रमुख सचेतक सहभागी

कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा सम्बन्धित पदाधिकारी सहभागी थिए।

समितिले सदनमा विचाराधीन विषयलाई प्राथमिकताका आधारमा अघि बढाउँदै संसदीय कामकारबाहीलाई थप परिणाममुखी बनाउनेमा जोड दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Netherlands Withdraws From Eurovision Citing Political Concerns

Meta Faces Over $1 Trillion In Legal Challenges Over Addictive Platforms

France and Saudi Arabia Announce $7 Billion Theme Park Project Near Paris

Netanyahu Alleges Iran Targeted One Of His Sons In Assassination Attempt

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu