ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्यालेन्ट राउन्डको फाइनलमा मिस नेपाल लुना, शीर्ष ४० मा पुग्ने अवसर


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : १५   बजे

काठमाडौँ । भियतनाममा जारी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ मा नेपालका तर्फबाट सहभागी मिस नेपाल लुना लुइँटेल ट्यालेन्ट राउन्डको फाइनलमा पुगेकी छन्।

प्रतियोगिताका विभिन्न प्रारम्भिक चरणअन्तर्गत हेड टु हेड, टप मोडल र स्पोर्ट्स विधामा नेपालले सफलता हात पार्न नसके पनि ट्यालेन्ट राउन्डमा लुनाले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चरणमा स्थान बनाउन सफल भएकी हुन्। उक्त विधाको फाइनलमा नेपालसहित २३ जना प्रतियोगी पुगेका छन्।

ट्यालेन्ट राउन्डमा लुनाले उपाधि जित्न सफल भए नेपाललाई सिधै शीर्ष ४० मा प्रवेश गर्ने अवसर मिल्नेछ। यसले मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धातर्फ नेपालको यात्रा थप बलियो बनाउन सक्ने अपेक्षा गरिएको छ।

यसैबीच, मिस वर्ल्डको आधिकारिक भोटिङमा पनि लुनाले नेपाली समर्थकबाट उल्लेख्य साथ पाइरहेकी छन्। एसिया तथा ओसियाना क्षेत्रअन्तर्गतको ‘पिपुल्स च्वाइस’ विधामा लुनाले ३० हजार ७०२ मत प्राप्त गर्दै सातौँ स्थानमा रहेकी छन्। यस विधामा हाल कम्बोडियाकी प्रतियोगी शीर्ष स्थानमा छिन्।

ट्यालेन्ट राउन्ड र टप मोडल राउन्डको नतिजा २८ अगस्टमा सार्वजनिक गरिनेछ।

नेपालका लागि यसपटकको अर्को महत्त्वपूर्ण प्रतिस्पर्धा भने ‘ब्युटी विथ अ पर्पस’ विधा रहनेछ। यसअघि पनि नेपालले यस विधामा उल्लेखनीय सफलता हासिल गरिसकेको छ। लुनाले यस वर्ष पर्वत जिल्लाको फलेवासमा शिक्षा, स्वास्थ्य र उद्यमशीलतासँग सम्बन्धित सामाजिक परियोजना प्रस्तुत गरेकी छन्।

करिब डेढ करोड रुपैयाँको लगानीमा तयार गरिएको उक्त परियोजनालाई नेपालको बलियो दाबेदारीका रूपमा हेरिएको छ। परियोजनाले स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणमा केन्द्रित रहेर काम गर्ने लक्ष्य राखेको बताइएको छ।

नेपालले ट्यालेन्ट राउन्डको उपाधि वा ‘ब्युटी विथ अ पर्पस’ विधामा सफलता हात पार्न सके मिस वर्ल्ड २०२६ मा नेपालको सम्भावना थप बलियो बन्नेछ।

मिस वर्ल्ड २०२६ को ग्रान्ड फिनाले सेप्टेम्बर ५ मा आयोजना हुनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

गरिमा हत्या प्रकरणमा प्रहरी अनुसन्धान ‘क्लोज सर्कल’ तर्फ, पक्राउ परेका ९ जना को–को?

नाडा अटो शोमा टाटाको नयाँ ‘सिएरा डट ईभी’ सार्वजनिक, ६६५ किमिसम्म रेन्जको दाबी

नाडा अटो शोमा डोङफेङका दुई नयाँ विद्युतीय मोडल सार्वजनिक

२१ कूटनीतिक नियोग राजदूतविहीन : राष्ट्रियसभामा सरकारमाथि ‘कूटनीतिक खेलाँची’को आरोप

देउवा : अभिभावक कि फेरि गुटको कमाण्डर?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu