ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच सत्ता सञ्चालनसम्बन्धी लिखित समझदारी


ABC NEWS
९ भदौ २०८३, मंगलबार   ६ : १५   बजे

हेटौँडा । बागमती प्रदेशमा नेकपा, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार गठन तथा सञ्चालनका विषयमा लिखित समझदारी भएको छ।

मंगलबार भएको समझदारीमा सरकार सञ्चालन, मन्त्रालय बाँडफाँट, सभामुख चयन, न्यूनतम साझा कार्यक्रम तथा सत्ता साझेदारीका विभिन्न विषय समेटिएका छन्।

समझदारीअनुसार प्रदेश सरकारमा हाल कायम आठवटा मन्त्रालयको संख्या नबढाउने सहमति भएको छ। मन्त्रालयको बाँडफाँट सत्ता साझेदार दलहरूको दलीय हैसियतका आधारमा गरिनेछ। प्रदेशसभामा रिक्त रहेको सभामुख पद भने नेकपाबाट निर्वाचित गर्ने सहमति भएको छ।

सात दिनभित्र न्यूनतम साझा कार्यक्रम

तीन दलले सरकार सञ्चालनका लागि सात सदस्यीय न्यूनतम साझा कार्यक्रम समिति गठन गर्ने भएका छन्। समितिले आगामी सात दिनभित्र सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम तयार गरी सार्वजनिक गर्ने समझदारीमा उल्लेख छ।

समितिमा नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल, एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल तथा राप्रपाबाट राजेन्द्र प्रजापती र नुरज बज्राचार्य सदस्य रहनेछन्।

नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र

समझदारीअनुसार सुरुमा नेकपाको नेतृत्वमा सरकार सञ्चालन संयन्त्र गठन गरिनेछ। उक्त संयन्त्रले सरकार सञ्चालनका विषयमा आवश्यक सल्लाह, सुझाव तथा समन्वय गर्नेछ।

मन्त्रिपरिषद्लाई महिला सहभागितासहित समावेशी बनाउने सहमति पनि भएको छ। मर्यादाक्रममा मुख्यमन्त्रीपछि नेकपाको प्रतिनिधि र त्यसपछि राप्रपाको प्रतिनिधि रहने व्यवस्था गरिने समझदारीमा उल्लेख छ।

चार नेताको नाम उल्लेख

समझदारीपत्रमा नेकपाका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा संसदीय दलका नेता उद्धव थापा तथा मुख्यमन्त्री किरण थापा मगरको नाम उल्लेख गरिएको छ।

यसअघि एमाले, नेकपा र राप्रपाको समर्थनमा एमालेका किरण थापा मगर बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए। तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थनमा उनको नेतृत्वमा सरकार गठन भएको हो।

विश्वासको मतका लागि बाटो सहज

तीन दलबीच लिखित समझदारी भएसँगै सरकार सञ्चालनमा देखिएको असमझदारीलाई संस्थागत रूपमा समाधान गर्ने प्रयास भएको छ।

समझदारीपछि बागमती प्रदेशसभाको बैठक सञ्चालनका लागि समेत बाटो खुलेको छ। मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने कार्यसूची तय गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

राष्ट्रिय सभामा महिला समन्वय समिति गठन, रेणु चन्द संयोजक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नाडा अटो शोमा स्काईवेल बीई ११ सार्वजनिक, ४१० देखि ५२० किमीसम्म रेन्ज

सुदूरपश्चिमको राजधानी निर्माणका लागि मन्त्री भाटले दिए निर्देशन

Gaza Rescue Crews Struggle to Recover Thousands Buried in Rubble

Former Armenian President Robert Kocharyan Detained in Corruption Investigation

Russia Draws Lessons From Asia: Alliances as Bondage and the Value of Sovereignty

गण्डकी सरकारबाट एमालेमन्त्रीहरूको राजीनामा रोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu