ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीले विद्युत् संरचनामा व्यापक क्षति, बाढी आउँदै गरेको भिडियो


ABC NEWS
१० भदौ २०८३, बुधबार   १२ : १५   बजे

रसुवा । बुधबार बिहान रसुवा जिल्लामा आएको विनाशकारी बाढीले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा व्यापक क्षति पुर्‍याएको छ। बाढीका कारण जिल्लाको विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, त्रिशूली–३ बी हब २२० केभी सबस्टेसन, त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र तथा विभिन्न वितरण संरचनामा बाढीले क्षति पुर्‍याएको छ।

https://abcnews.com.np/wp-content/uploads/2026/08/snapsave-app_27919726094395605_hd.mp4

भीषण बाढीपछि विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेको र जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ। प्रभावित संरचनाको वास्तविक अवस्था र क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको प्राधिकरणले जनाएको छ।

क्षतिको विवरण संकलन हुँदै

बाढीबाट विद्युत् पूर्वाधारमा पुगेको आर्थिक तथा भौतिक क्षतिको यकिन विवरण हालसम्म प्राप्त हुन सकेको छैन। प्राधिकरणले प्रभावित आयोजना, सबस्टेसन तथा प्रसारण र वितरण संरचनाको विस्तृत निरीक्षणपछि मात्रै क्षतिको वास्तविक विवरण सार्वजनिक गरिने जनाएको छ।

विशेषगरी चिलिमे तथा त्रिशूली क्षेत्रका जलविद्युत् संरचनामा बाढीको प्रभाव परेको बताइएको छ। प्रभावित क्षेत्रको पहुँच र सञ्चार अवस्था सहज हुँदै गएपछि प्राविधिक टोलीले क्षतिको विस्तृत मूल्याङ्कन गर्नेछ।

विद्युत् आपूर्ति सुचारु गर्न प्रयास

नेपाल विद्युत् प्राधिकरणले विद्युत् सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा प्राविधिक कामलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। सम्भव भएका क्षेत्रमा मर्मत टोली परिचालन गरी विद्युत् आपूर्ति पुनर्स्थापनाको प्रयास भइरहेको छ।

प्राधिकरणले अस्थायी रूपमा विद्युत् आपूर्ति सञ्चालन गर्न सकिने वैकल्पिक उपायबारे समेत काम भइरहेको जनाएको छ। दीर्घकालीन रूपमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापना गरिने बताइएको छ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध रहेकाले उपभोक्तालाई धैर्य धारण गर्न आग्रह गर्दै मर्मत तथा पुनर्स्थापना कार्यमा आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीको कारण अझै रहस्यमै, हिमपहिरोदेखि ड्याम फुटेसम्मको आशंका

रसुवामा उद्धारका लागि तीन जिल्लाबाट सशस्त्र प्रहरीको थप टोली परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal’s Rastriya Swatantra Party Calls for Evacuations Amid Flood Risk

भोटेकोशी बाढीको कारण अझै रहस्यमै, हिमपहिरोदेखि ड्याम फुटेसम्मको आशंका

Iran and Oman Agree on Temporary Shipping Route in Strait of Hormuz

Nepali Army Deploys Rescue Teams After Flash Flooding Hits Rasuwa District

Flooding Bhotekoshi River Washes Away Dozens Of Homes In Nepal

Nepal Mobilizes Rescue Efforts After Deadly Bhotekoshi River Flood

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu