ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूली नदीमा आएको बाढीले जलविद्युत् आयोजनामा क्षति, कामदार सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   १ : ०५   बजे

रसुवारसुवा जिल्लाको त्रिशूली–३ बी जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत रामप्रसाद पौडेल र अन्य करिब ३०० जना कामदार बिहान पौने १० बजे एक्कासि आएको बाढीले प्रभावित भएका छन्। आयोजनामा काम गरिरहेको अवस्थामा माथिल्लो क्षेत्रबाट आएको आवाज र हावाको वेगले भूकम्प आएजस्तो लागेपछि उनीहरू भाग्न थालेका हुन्।

पौडेलका अनुसार, सुरुङभित्रै काम गरिरहेका कर्मचारीहरूलाई पनि ठूलो झर्कन महसुस भएको थियो। तर, केहीबेरमै त्रिशूली नदीमा भीषण बाढी आएको जानकारी प्राप्त भयो। ‘सुरुङबाट यस्तो हावा आयो कि पातपतिङ्गर सबै उडाएर ल्यायो। भूकम्प आयो भनेर हामी भाग्यौँ। पछि हेर्दा त खोलामा भयंकर बाढी आएको रहेछ’, उनले नेपालखबरसँग टेलिफोनमा बताए।

बाढीको वेग यति उच्च थियो कि आयोजनामा कार्यरत धेरै कर्मचारीहरूलाई भाग्नसमेत समय मिलेन। पौडेलले आफू भाग्यवश आयोजनाबाट केही पर रहेको र डिलजस्तो ठाउँमा भएका कारण सुरक्षित रूपमा भाग्न सफल भएको बताए। ‘आयोजनामा भएकामध्ये २०–३० जना साथीहरुको साथ सम्पर्कमा छुँ, तर बाँकी साथीहरूको अवस्थाबारे थाहा छैन’, उनले चिन्ता व्यक्त गरे।

पहाड चिर्दै आएको बाढीले बाटोमा परेका सबै कुरा बगाएर लग्यो। नदी आसपासका बस्तीहरू पनि निमेषमै खोलामा डुबे। पौडेल अहिले दामपानी भन्ने स्थानमा आश्रय लिएर बसेका छन्।

क्षति र बेपत्ता

पौडेलले आयोजनास्थलको संरचना पूर्ण रूपमा नष्ट भएको बताए। ‘कुनै पनि चिह्न छैन, नदीको दायाँबायाँ केही पनि बाँकी छैन’, उनले टेलिफोनमा नेपालखबरसँग भने। दामपानी पुग्न त्रिशूली नदीबाट हिँडेर करिब ३० मिनेट लाग्छ। उनी सुरक्षित स्थानमा त पुगेका छन्, तर आवश्यक औषधि र अन्य सामग्रीको अभावमा चिन्तामा छन्।

उनका अनुसार, सुरुङभित्र काम गरिरहेका र पावर हाउस आसपासमा रहेका कर्मचारीहरूको अवस्था अज्ञात छ। भूगोलअनुसार क्षति पनि फरकफरक छ। साँघुरो स्थानमा पानीको तह उच्च रहेको र होचो स्थानमा बाढीले बस्ती नै डुबाएको छ। ‘खोलाको दायाँ–बायाँका कुनै बस्ती पनि बाँकी छैनन्। केहीबेरमै सबै कुरा बगाएर लग्यो’, पौडेलले थपे।

आवश्यकता

पौडेल र उनका सहकर्मीहरू अहिले दामपानीमा आश्रय लिएर बसेका छन्। उनीहरूलाई प्रेसरको औषधि, बिजुली र वारपार गर्ने पुलको आवश्यकता छ। ‘हामी यहाँ त बसिरहेका छौँ, तर प्रेसरको औषधि खानुपर्ने छ। त्रिशूली नदीबाट वारिपारि गर्ने अवस्था छैन, न पुल छ, न बिजुली। औषधि ल्याउने उपाय पनि छैन’, पौडेलले बताए।

उनले बाढीले गर्दा आयोजनास्थल र आसपासका क्षेत्रमा व्यापक क्षति भएको जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Escalates Iran Sanctions, Threatening Trading Partners With Penalties

Nepal PM Directs Effective Response to Bhotekoshi Flood Disaster

Nepal Party Leaders Call for Prioritizing Rescue Efforts After Deadly Flood

रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन

रसुवा बाढीमा सात जनाको मृत्यु

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu