ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा थुनिएको भोटेकोसीको ताल नखुलेपछि नेपालतर्फ बाढीको जोखिम कायमै


ABC NEWS
१० भदौ २०८३, बुधबार   २ : १५   बजे

सिन्धुपाल्चोक । चीनतर्फ पहिरोका कारण थुनिएको भोटेकोसी नदीको ताल अझै पूर्ण रूपमा नखुलेपछि नेपालतर्फ बाढीको जोखिम कायमै रहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिनियाँ अधिकारीहरूबाट प्राप्त पछिल्लो सूचनामा नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जनाइएको छ ।

बुधबार दिउँसो १ बजेर ३५ मिनेटमा चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको क्षेत्रमा पानीको निकास पूर्ण रूपमा हुन नसकेको उल्लेख छ । यसका कारण भोटेकोसी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

चीनतर्फबाट थप सूचना प्राप्त हुने क्रम जारी रहेको र नदीको अवस्था तथा सम्भावित जोखिमबारे निरन्तर अनुगमन भइरहेको प्राधिकरणले जनाएको छ ।

बाढीको जोखिम कायमै

चीनमा गएको पहिरोले भोटेकोसी नदी अवरुद्ध भएपछि नदीमा पानी थुनिएर ताल बनेको हो । ताल पूर्ण रूपमा नखुलेका कारण पानी एक्कासि बाहिरिएमा नेपालतर्फ बाढी आउन सक्ने जोखिम रहेको प्राधिकरणको भनाइ छ ।

यसअघि पनि चिनियाँ पक्षले नदी थुनिएको जानकारी गराएको थियो । पछिल्लो सूचनाअनुसार ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

विपद् प्राधिकरणको बैठक- उद्धार कार्यलाई तीव्रता दिने निर्णय, ८ वटा हेलिकप्टर परिचालन

तिब्बतबाट आएको बाढीले प्रभावित क्षेत्र संकटग्रस्त घोषित

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग कांग्रेस सांसदको आग्रह

UN Report Details ‘New Low’ in Myanmar Human Rights Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu