ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसीमा फेरि बाढी आउन सक्ने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह


ABC NEWS
१० भदौ २०८३, बुधबार   २ : १५   बजे

काठमाडौं । रसुवाको भोटेकोसी क्षेत्रमा फेरि बाढी आउन सक्ने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार चिनियाँ पक्षबाट प्राप्त सूचनामा फुटेको हिमतालमा अझै करिब सात मिटर अग्लो पानी थुनिएको भाग जुनसुकै बेला फुट्न सक्ने अवस्था रहेको जानकारी आएको छ ।

उक्त संरचना फुटेमा भोटेकोसी नदीमा पुनः ठूलो बाढी आउन सक्ने र नदी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने प्राधिकरणको भनाइ छ । त्यसैले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकसँगै राहत तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवकलाई समेत विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

चिनियाँ पक्षको चेतावनी

चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार हालै फुटेको हिमतालमा अझै उल्लेख्य मात्रामा पानी जम्मा रहेको छ । त्यसका कारण पानी थुनिएको भाग पुनः फुट्न सक्ने जोखिम कायमै रहेको जनाइएको छ ।

चिनियाँ पक्षको सूचनालाई गम्भीरतापूर्वक लिँदै सम्भावित जोखिमबाट नागरिकलाई जोगाउन आवश्यक सतर्कता अपनाइएको प्राधिकरणले जनाएको छ ।

सम्भावित बाढीको अवस्थामा तत्काल उद्धार गर्न सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ भने जोखिमयुक्त तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको बताइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

विपद् प्राधिकरणको बैठक- उद्धार कार्यलाई तीव्रता दिने निर्णय, ८ वटा हेलिकप्टर परिचालन

तिब्बतबाट आएको बाढीले प्रभावित क्षेत्र संकटग्रस्त घोषित

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग कांग्रेस सांसदको आग्रह

UN Report Details ‘New Low’ in Myanmar Human Rights Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu