ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को बेला सरकारको साथमा छौँ : कांग्रेस सभापति थापा


ABC NEWS
१० भदौ २०८३, बुधबार   ५ : ४५   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को कठिन समयमा सरकारलाई पार्टीको पूर्ण साथ रहने बताएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले विपद्को सामना गर्न सबै नागरिक एकढिक्का हुनुपर्नेमा जोड दिए।

“दुःखको बेलामा सरकारको साथमा छौँ,” थापाले भने, “सबै नागरिक एकढिक्का भएर विपद् सामना गर्नुपर्छ। मिथ्या सूचना फैलाउने काम गर्दैनौँ। संकटको बेलामा सरकारको साथमा छौँ।”

उनले प्रभावित क्षेत्रमा स्थानीय सरकारलाई आवश्यक सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै विषम परिस्थितिमा संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

मिथ्या सूचना नफैलाउन आग्रह

सभापति थापाले विपद्को समयमा अपुष्ट तथा मिथ्या सूचना फैलाउँदा थप समस्या सिर्जना हुन सक्ने भन्दै जिम्मेवार सूचना प्रवाहमा ध्यान दिन आग्रह गरे।

कांग्रेस केन्द्रीय समितिको बैठकमा पछिल्लो राजनीतिक अवस्था, देशको समग्र परिस्थिति तथा पार्टीका आगामी कार्यक्रमबारे छलफल भएको थियो। बैठकमा सभापति थापाले बाढीबाट उत्पन्न संकट र राहत–उद्धारका विषयमा समेत जानकारी गराएका थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई फोन गरेर बाढीमा सहयोग गर्ने प्रतिबद्धता जनाए

भोटेकोसी बाढीमा घाइते ३५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

Putin’s Kuril Islands Visit Highlights Stalled Japan Negotiations

Flash Flood From Rasuwa Travels Through Narayani River, Reaches Narayanghat

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu