ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावित सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल, विस्थापित स्थानान्तरण गर्न निर्देशन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ६ : ३५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित भेटघाटमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सङ्घीय सांसदहरूसँग छलफल गरेका हुन्। छलफल बाढीले पुर्याएको क्षति, तटीय क्षेत्रका बस्तीहरूको अवस्था, उद्धार तथा राहत कार्यका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए।

विपद् व्यवस्थापन परिषद् बैठक

त्यसअघि, प्रधानमन्त्री शाहले आजै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक डाकेर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, उद्धार, खोज तथा राहतको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए।

बाढी प्रभावित क्षेत्रका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतमा पूर्ण प्रतिबद्धताका साथ खटिएको उल्लेख गर्दै तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन र विस्थापितहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न मातहतका निकायलाई स्पष्ट निर्देशन दिइसकिएको जानकारी गराए।

सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकायका टोलीहरू परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रचण्डको आरोप– ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा गलत तथ्य प्रस्तुत गरे’

भदौ १०को विपद्बारे चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन सार्वजनिक

हेभिवेट एसियाली राष्ट्रसँग भिड्दै नेपाल, ब्याडमिन्टनमा क्वार्टरफाइनल लक्ष्य

कांग्रेस इतर समूहले छुट्टै महाधिवेशनको तयारी थाल्यो

रसुवा बाढीबारे संसद्बाट विशेष प्रस्ताव पारित

Criminal Fraudsters Threaten America’s Public Lands and Wildlife

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu