ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीको कहालीलाग्दो दृश्य : वस्ती, बजार र जलविद्युत् आयोजना लेदोमा पुरिए


ABC NEWS
१० भदौ २०८३, बुधबार   ७ : ३५   बजे

रसुवा । चीनको तिब्बतबाट आएको भोटेकोशी नदी बुधबार बिहान एकाएक उर्लिएपछि रसुवामा ठूलो जनधनको क्षति भएको छ। बाढीले नदी किनारका वस्ती, बजार, पुल, भन्सार कार्यालय तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीको भेलले क्षणभरमै नदी किनारका घर, व्यवसाय तथा विभिन्न संरचना बगाउनुका साथै लेदो र गेग्रानले पुरेको छ। नदी किनारका कतिपय वस्ती पूर्ण रूपमा ध्वस्त भएका छन्।

नेपालखबरको टोलीले हेलिकप्टरमार्फत त्रिशूली र भोटेकोशी नदीको किनारैकिनार नेपाल–चीन सीमासम्म पुगेर बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरेको छ। हेलिकप्टरबाट गरिएको अवलोकनका क्रममा नदी किनारका वस्तीहरू ठूलो मात्रामा क्षतिग्रस्त देखिएका छन्। कुनै समय घर तथा संरचना रहेको स्थानमा अहिले लेदो र गेग्रानको थुप्रो मात्र देखिन्छ।

बाढीले बजार क्षेत्रसमेत पुरिएपछि ठूलो क्षेत्र लेदोले ढाकिएको छ। नदी किनारका कतिपय वस्तीको अस्तित्व नै मेटिएको देखिन्छ। मानिसहरूको चहलपहल हुने क्षेत्र अहिले सुनसान बनेका छन्।

पुल, भन्सार र जलविद्युत् आयोजनामा क्षति

हेलिकप्टरबाट गरिएको अवलोकनका क्रममा बाढीले पुल, भन्सार कार्यालय तथा विभिन्न जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको देखिएको छ।

बाढीले स्थानीय पूर्वाधारमा क्षति पुर्‍याएपछि स्थानीयवासीको जनजीवन अस्तव्यस्त बनेको छ। नदी किनारका सडक तथा अन्य संरचनामा समेत क्षति पुगेकाले आवतजावत र उद्धारमा समस्या देखिएको छ।

अझै उच्च बहावमा भोटेकोशी

भोटेकोशी नदीमा अझै पानीको बहाव उच्च रहेको छ। पानीको सतह अपेक्षित रूपमा घट्न नसक्दा नदी आसपासका क्षेत्र जोखिममा छन्।

उच्च बहावका कारण उद्धार तथा राहत कार्यसमेत प्रभावित भएको छ। नदी किनारमा रहेका बाँकी संरचना र बस्तीहरूमा समेत थप क्षतिको जोखिम रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशीको प्रलयले ऊर्जा क्षेत्रमा बज्रपात : १२ विद्युत् केन्द्र बन्द, ४३१ मेगावाट उत्पादन ठप्प

राष्ट्रपतिको प्रधानमन्त्री बालेनलाई फोन : ‘बाढीपीडितको उद्धारमा राज्यका सबै संयन्त्र परिचालन गरियोस्’

‘म बाँचेँ, तर मेरा श्रीमती र चारै छोराछोरी बगाए’ : टिमुरे बाढीपीडित गिरीलालको दर्दनाक कथा

देउवाको माग सर्वोच्चबाट अस्वीकार, कांग्रेसको आधिकारिकतासम्बन्धी फैसला संशोधन नहुने

Xi Jinping Focuses on Regional Partnerships to Build ‘Shared Future’ with Neighbors

Xi Jinping Orders ‘All-Out’ Response After Mudslide Impacts Border Port

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu