सिन्धुपाल्चोक । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको छ। बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहँदा थप शव फेला परेका हुन्। अझै ५० भन्दा बढी व्यक्ति बेपत्ता रहेको बताइएको छ।
बाढीले विभिन्न बस्ती, पुल, सडक तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुर्याएको छ। हेलम्बु, इन्द्रावती तथा आसपासका क्षेत्र बढी प्रभावित भएका छन्। प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी बेपत्ता नागरिकको खोजीमा परिचालित छन्।
बाढीका कारण साना तथा ठूला पुल बग्नुका साथै सडक सञ्जाल अवरुद्ध भएको छ। खानेपानीका संरचना, विद्युत् पोल तथा दूरसञ्चार पूर्वाधारमा समेत क्षति पुगेको जनाइएको छ।
सरकारले प्रभावित परिवारका लागि राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ। घरबारविहीन बनेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा अस्थायी आश्रयको व्यवस्था गर्ने काम पनि भइरहेको छ।
बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आउन बाँकी रहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्