ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा–नुवाकोटमा थप ठूलो बाढी आउने हल्ला गलत, आधिकारिक सूचना नआएसम्म नआत्तिन आग्रह


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ९ : ०५   बजे

काठमाडौं । रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउने भन्दै सामाजिक सञ्जालमा फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणबाट थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन।

महाशाखाले नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना र हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

वर्षाले नदीको बहाव बढ्न सक्ने

रसुवा र नुवाकोट क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ।

नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले जनाएको छ।

आधिकारिक स्रोतको सूचना मात्र मान्न आग्रह

बाढीको जोखिम देखिएमा एसएमएसलगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिने महाशाखाले स्पष्ट पारेको छ।

महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ।

थप जानकारी तथा बाढीसम्बन्धी आधिकारिक पूर्वसूचनाका लागि महाशाखाको वेबसाइट तथा आधिकारिक सूचना प्रणाली हेर्न आग्रह गरिएको छ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चिनियाँ दूतावासको स्पष्टीकरण, ‘पूर्वसूचना नदिएको आरोप तथ्यहीन’

Data Center Boom Raises Concerns About AI’s Impact on Communities

Conservation Groups Sue Forest Service Over Montana Logging Project

Dominican Republic Expels Cuban Diplomats Amidst Growing U.S. Influence

US Military Spending Faces Renewed Scrutiny Amidst Iran Conflict and Domestic Concerns

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिकिँदै, विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu