काठमाडौँ, ५ वैशाख । महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ ।
परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका प्रबन्ध निर्देशक विनोद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत ओम कर्माचार्यसहित आठ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरका विकल्प पोखरेल, ललितपुरका शंखर पौडेल, अरुण सेडार्इं, काठमाडौँका तेन्जिङ मेलेक, रञ्जित खड्गी र मुस्ताङका साङ्गे पासाङ ठकुरी रहेका छन् ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा छिरेर जुवा खेलिरहेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि प्रहरीले उक्त क्यासिनोबाट थुप्रै नेपालीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्