ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढीपीडितका लागि काठेखोला गाउँपालिकाले २ लाख सहयोग गर्ने


ABC NEWS
११ भदौ २०८३, बिहिबार   २ : ५५   बजे

बागलुङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिपछि बागलुङको काठेखोला गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बिहीबार गाउँपालिकामा बसेको जनप्रतिनिधि तथा कर्मचारीको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

गाउँपालिकाका प्रवक्ता टिका संगम विकले विनाशकारी विपद्का बेला स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै तत्काल सहयोग गर्ने निर्णय गरिएको बताए।

बैठकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

ताराखोलाले पनि सहयोग गर्ने

यसअघि बागलुङकै ताराखोला गाउँपालिकाले पनि बाढी प्रभावित जिल्लाका विपद् व्यवस्थापन कोषमा सहयोग गर्ने निर्णय गरिसकेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल रिजालका अनुसार गाउँ कार्यपालिकाको बैठकले रसुवा, नुवाकोट र धादिङका विपद् व्यवस्थापन कोषमा जनही १ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

बाढीबाट व्यापक क्षति

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी हुँदै नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीका कारण बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा व्यापक क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री ली छियाङ बाढी प्रभावित केरुङमा, ५५८ जना अझै बेपत्ता

रसुवा बाढीका घाइतेको काठमाडौँका अस्पतालमा उपचार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

प्रधानमन्त्री ली छियाङ बाढी प्रभावित केरुङमा, ५५८ जना अझै बेपत्ता

रसुवा बाढीका घाइतेको काठमाडौँका अस्पतालमा उपचार

भोटेकोसीमा बाढीपछि कर्णालीका १३४ जना सम्पर्कविहीन

बट्टार र त्रिशूली बजारमा विद्युत् सेवा सुरु

Strait of Hormuz Closure Drives Major Disruption to Global Shipping

कालिका कन्स्ट्रक्सनद्वारा बाढी प्रभावितलाई रु. १ करोड १ लाख सहयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu