काठमाडौँ । रसुवा जिल्लामा आएको बाढीमा परी घाइते भएका ६५ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार घाइतेहरूलाई तत्काल राजधानी ल्याएर उपचार सुरु गरिएको हो।
मन्त्रालयका अनुसार वीरेन्द्र सैनिक अस्पताल छाउनी, मनमोहन अस्पताल र ग्रिनसिटी अस्पताल बसुन्धरामा एक–एक जना घाइतेको उपचार भइरहेको छ।
त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा २१ जना, वीर अस्पतालमा पाँच जना र नर्भिक अस्पतालमा दुई जना घाइते उपचाररत छन्।
शिक्षण अस्पताल महाराजगञ्जमा भने सबैभन्दा बढी ३५ जना घाइतेको उपचार भइरहेको मन्त्रालयका प्रवक्ताले जानकारी दिनुभएको छ।
बाढीबाट थप घाइतेहरू आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालहरूलाई आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्मको विवरणअनुसार शिक्षण अस्पताल महाराजगञ्जमा ३५, राष्ट्रिय ट्रमा सेन्टरमा २१, वीर अस्पतालमा पाँच, नर्भिक अस्पतालमा दुई तथा वीरेन्द्र सैनिक अस्पताल छाउनी, मनमोहन अस्पताल र ग्रिनसिटी अस्पतालमा एक–एक जना गरी कुल ६५ जना घाइते उपचाररत छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्