ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ली छियाङ बाढी प्रभावित केरुङमा, ५५८ जना अझै बेपत्ता


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : ३५   बजे

तिब्बतको सीमावर्ती क्षेत्र केरुङ, चीन । बाढीका कारण ज्यान गुमाउनेहरूको संख्या बढिरहेका बेला चिनियाँ प्रधानमन्त्री ली छियाङ आज बिहीबार केरुङ आइपुग्नुभएको छ। सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री लीलाई वरिष्ठ अधिकारीहरूको टोलीसहित केरुङ पठाउनुभएको हो।

प्रधानमन्त्री लीसहितको टोलीले बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यको निरीक्षण गर्नुका साथै स्थानीयवासीसँग भेटघाट गरी अवस्थाबारे जानकारी लिनुहुनेछ। राष्ट्रपति सीले बुधबार नै सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन निर्देशन दिनुभएको थियो।

प्रधानमन्त्री लीले पनि चिनियाँ विदेश मन्त्रालयमार्फत नेपाल सरकारसँग समन्वय गरी उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

५५८ जना अझै बेपत्ता

चिनियाँ पक्षका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रमा तीन जनाको शव फेला परेको छ भने ५५८ जना अझै बेपत्ता छन्। चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालतर्फ पनि करिब १०० चिनियाँ नागरिक बेपत्ता भएका छन्।

दुवै देशले बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आवश्यक समन्वय र संवाद गरिरहेका छन्।

१४१ सदस्यीय उद्धार टोली परिचालन

प्रधानमन्त्री लीसँगै बिहीबार मध्याह्न १४१ सदस्यीय उद्धार टोली पनि केरुङ पुगेको छ। चिनियाँ जनमुक्ति सेनाको विमानमार्फत तिब्बत ल्याइएको उक्त टोलीले ड्रोनसहित अत्याधुनिक उपकरण प्रयोग गरेर खोजी तथा उद्धार कार्य सञ्चालन गर्नेछ।

नेपालसँग समन्वयमा जोड

बाढीबाट केरुङ क्षेत्रमा ठूलो क्षति पुगेपछि चीन सरकारले नेपालतर्फ बेपत्ता भएका आफ्ना नागरिकको खोजी तथा उद्धारमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रधानमन्त्री लीको केरुङ भ्रमणपछि उद्धार, खोजी तथा राहत कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

हिमनदीको विशाल हिस्सा खस्दा नेपाल–तिब्बत सीमामा विनाशकारी बाढी, भूकम्प नभएको विज्ञहरूको निष्कर्ष

Mudslide Causes Casualties At China-Nepal Border Port

Xi Jinping’s Focus on Civilization Deepens China-Egypt Relationship

Nepal and China Mobilize Rescue Efforts After Deadly Flash Floods

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu