काठमाडौं । चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा आएको भीषण बाढीमा परी कम्तीमा १०० चिनियाँ नागरिक बेपत्ता भएको जानकारी दिनुभएको छ।
बीबीसीका अनुसार प्रवक्ता लिनले चीनले नेपाल सरकारसँग निरन्तर सम्पर्कमा रहेर संयुक्त खोज तथा उद्धार कार्यमा पूर्ण सहयोग गरिरहेको बताउनुभएको छ। उहाँले नेपालको आवश्यकताअनुसार थप आपत्कालीन सहायता उपलब्ध गराउन चीन तयार रहेको पनि बताउनुभएको छ।
चीनको राष्ट्रिय प्रसारण संस्था सीसीटीभीका अनुसार तिब्बतको केरुङ काउन्टीमा गएको पहिरोमा बेपत्ता हुनेहरूको संख्या ५५८ पुगेको छ। तीमध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार नेपालतर्फ ८२६ जना मानिस बेपत्ता छन्। चिनियाँ अधिकारीहरूले सार्वजनिक गरेको विदेशी नागरिकको संख्या र नेपालको तथ्यांकमा केही व्यक्ति दोहोरिएका हुन सक्ने अनुमान गरिएको छ।
चीनको सहयोग
प्रवक्ता लिन जियानले चीनले नेपाल सरकारसँग समन्वय गरी खोज तथा उद्धार कार्यमा आवश्यक सहयोग गरिरहेको बताउनुभएको छ। उहाँका अनुसार चीनले बाढी प्रभावित क्षेत्रमा आवश्यक थप आपत्कालीन सहायता सामग्री उपलब्ध गराउन पनि तयारी गरिरहेको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्