काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच बिहीबार टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा दुवै मन्त्रीले नेपालमा हालै आएको विपद्को अवस्था, प्रभावित नागरिकको खोजी तथा उद्धार र राहत वितरणबारे छलफल गर्नुभएको हो।
दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनले विपद्मा परी ज्यान गुमाएका नेपाली नागरिकप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले कठिन परिस्थितिमा नेपाल र नेपाली जनताप्रति दक्षिण कोरियाको ऐक्यबद्धता रहेको बताउनुभएको छ।
परराष्ट्रमन्त्री खनालले विपद्बाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिनुभएको छ।
दक्षिण कोरियासँग थप सहयोगको अपेक्षा
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्