काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीमा परी घाइते भएका ६२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार राजधानीका सातवटा अस्पतालमा उनीहरूको उपचार भइरहेको हो।
Originally published on abcnews.com.np.

मन्त्रालयका अनुसार सबैभन्दा धेरै ३१ जना घाइतेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उपचाररत घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।
त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा २५ जना घाइतेको उपचार भइरहेको छ। ट्रमा सेन्टरमा उपचाररत एक जनालाई उपचारपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ।
वीर अस्पतालमा दुई जना, थापाथलीस्थित नर्भिक अस्पतालमा दुई जना तथा नेपाल प्रहरी अस्पताल र मनमोहन अस्पतालमा एक–एक जना घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्