ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अप्पर त्रिशूलीको टनेलबाट ३५० जनाको उद्धार, १०० भन्दा बढी अझै फसे


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : २५   बजे

 

काठमाडौं । रसुवा जिल्लाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली जलविद्युत् आयोजनाको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको नेपाली सेनाले उद्धार गरेको छ।

प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच नेपाली सेनाले जोखिमपूर्ण उद्धार अभियान सञ्चालन गरी उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ। यद्यपि, टनेलभित्र अझै १०० जनाभन्दा बढी व्यक्ति फसेका छन्। उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार अभियान निरन्तर जारी रहेको नेपाली सेनाले जनाएको छ।

टनेलभित्रको जटिल तथा जोखिमपूर्ण उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर, त्रिशूलीबाट जमदार भक्तजन बस्नेतको कमान्डमा १/३ को सैन्य टोली परिचालन गरिएको छ। उक्त टोली उद्धार कार्यमा अहोरात्र खटिएको जनाइएको छ।

विभिन्न स्थानबाट थप ५३३ जनाको उद्धार

बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट क्षेत्रमा पनि नेपाली सेनाले उद्धार अभियानलाई निरन्तरता दिएको छ। सेनाका अनुसार स्याफ्रुबेँसी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुबेँसीका विभिन्न स्थानबाट थप ५३३ जनाको उद्धार गरिएको छ।

यससँगै नेपाली सेनाले बिहीबार, भदौ ११ गते मात्रै रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट कुल ८८३ जना स्थानीय तथा मजदुरलाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ।

टनेलमा फसेकाको उद्धार जारी

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अप्पर त्रिशूली जलविद्युत् आयोजनाको टनेलभित्र ठूलो संख्यामा मानिस फसेको जानकारी आएपछि नेपाली सेना तत्काल उद्धार अभियानमा परिचालित भएको थियो।

हालसम्म ३५० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइए पनि टनेलभित्र रहेका १०० जनाभन्दा बढी व्यक्तिको उद्धार कार्य जारी छ। प्रतिकूल मौसम, बाढीको तीव्र बहाव र टनेलभित्रको जटिल अवस्थाका कारण उद्धार अभियान चुनौतीपूर्ण बनेको बताइएको छ।

नेपाली सेनाले प्रभावित क्षेत्रमा फसेका सबै व्यक्तिको सुरक्षित उद्धारलाई प्राथमिकता दिँदै आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एक सातापछि खुल्यो नेपाल–चीन जोड्ने जी२१६ राजमार्ग

प्रचण्डको टिप्पणी– ‘सेना परिचालन भयो, जनपरिचालन भएन’

बाढी प्रभावितका लागि राहत कोषमा सात अर्बभन्दा बढी जम्मा

रसुवा बाढी प्रभावित क्षेत्रमा २३२ पटक हेलिकप्टर उडान

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

रसुवा बाढीबारे एमाले नेता बादलका सात सुझाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu