ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अन्तिम श्वास यही हो जस्तो लाग्यो’ : बाढीमा ज्यान जोगाएका मजदुरको त्रास


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ०५   बजे

त्रिशूली । भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोटको मेलुङस्थित अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत मजदुरहरूमा त्रास सिर्जना गर्‍यो। अचानक आएको बाढी र गेग्रानको भेलबाट ज्यान जोगाउन उनीहरूले हतारिँदै सुरक्षित स्थानतर्फ उकालो चढ्नुपरेको थियो।

दार्चुलाबाट एक महिनाअघि आयोजनामा काम गर्न आएका धीरेन्द्रबहादुर खड्काका लागि त्यो दिन जीवनकै सबैभन्दा डरलाग्दो क्षण बन्यो। सडकभन्दा केही माथि काम गरिरहेका उनी र उनका सहकर्मीले एक्कासि ठूलो आवाजसहित उर्लिएको पानी र गेग्रानको भेल देखे।

“कहाँबाट यति ठूलो पानी आयो भन्ने थाहै भएन, हामीले केही सोच्नै सकेनौँ, भागभाग मात्र भनियो,” खड्काले भने।

बाढी आउँदै गरेको पूर्वसूचना आफूहरूले नपाएको उनले बताए। तल रहेका मजदुरहरूलाई समेत सम्हालिन समय नभएको उनको भनाइ छ।

बाढीको वेग यति तीव्र थियो कि आयोजनामा प्रयोग भइरहेका एक्स्काभेटरसहितका उपकरणसमेत बग्न थाले। उपकरण बगाएको दृश्य देखेपछि धीरेन्द्र र उनका साथीहरू सुरक्षित स्थान खोज्दै माथितिर भागे।

“हामी अलि माथि नै थियौँ, भाग्न सक्यौँ। रोडमा काम गर्ने साथीहरू के भए, थाहा भएन,” उनले भने।

चट्टान र भीर छिचोल्दै उनीहरू सुरक्षित स्थानतर्फ अघि बढे। तलबाट उर्लिरहेको पानीको भेल र त्यसले बगाइरहेका ढुंगा, माटो तथा सामानको दृश्यले उनीहरूलाई झनै त्रसित बनाएको थियो।

‘बाँचिन्छ जस्तो लागेको थिएन’

लामो संघर्षपछि उनीहरू सडक नजिकको सुरक्षित स्थानमा पुगे। त्यहाँ रहेको सानो क्याम्पमा केही समय आश्रय लिए। थकान र त्रासले उनीहरू शिथिल बनेका थिए।

क्याम्पमा पुगेपछि उनीहरूले खाना पाए। तर बाढीको दृश्यले उनीहरूको मनबाट त्रास हटेको थिएन।

“त्यो छाल देख्दा बाँचिन्छ जस्तो लागेको थिएन,” धीरेन्द्रले भने, “अन्तिम श्वास यही हो भन्ने भयो।”

उर्लिएको पानी ढुंगा र माटोसहित घुम्दै आएको उनले बताए। केही क्षणमै आफूहरू पनि भेलमा बग्न सक्ने डरले भाग्नुबाहेक अर्को विकल्प नरहेको उनको भनाइ छ।

भाग्यवश ज्यान जोगिए पनि त्यो घटना सम्झिँदा अहिले पनि डर लाग्ने गरेको उनले बताए।

सुरक्षित भएपछि परिवारलाई फोन

सुरक्षित स्थानमा पुगेपछि धीरेन्द्रलाई परिवारको चिन्ता लाग्यो। मोबाइल सम्पर्क भएपछि उनले परिवारलाई फोन गरेर आफू सुरक्षित रहेको जानकारी दिए।

आफू सुरक्षित रहेको खबर परिवारलाई सुनाउँदा उनीहरूलाई पनि ठूलो राहत मिलेको उनले बताए।

धीरेन्द्रका अनुसार उनीसँगै काम गरिरहेका करिब ३० देखि ४० जना मजदुरले ज्यान जोगाएका छन्। उनीहरूमध्ये दार्चुलाबाट आएका ८–९ जना कामदार पनि छन्।

बाढीपछि आयोजनास्थल अस्तव्यस्त बनेको छ। भौतिक संरचना, उपकरण तथा सडकमा क्षति पुगेको छ। रोजगारीका लागि घरबाट टाढा आएका मजदुरका लागि उक्त घटना प्राकृतिक विपत्तिभन्दा पनि जीवन र मृत्युबीचको संघर्ष बनेको थियो।

‘हामीले नयाँ जीवन पायौँ’

मेलुङको भीषण बाढीबाट ज्यान जोगाएर त्रिशूली आइपुगेका धीरेन्द्रको अनुहारमा अझै पनि घटनाको त्रास देखिन्छ।

“हामीले नयाँ जीवन पायौँ, अब त्यो दृश्य जीवनभर बिर्सन सकिँदैन,” उनले भने।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Singapore Forest Clearing Plans Spark Rare Public Protests

Nepal Flash Floods Claim Over 500 Lives, Nearly 1,000 Remain Missing

Nepal Rescues 117 Foreign Tourists Following Bhotekoshi River Flash Flood

Four Hydropower Workers Rescued From Rasuwagadhi Project

Nepal PMO Warns Against Unauthorized Fundraising For Flood Victims

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल किन्न सरकारको सैद्धान्तिक सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu