ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कैद छुट दिन सर्वोच्चको कडा निर्देशन


ABC NEWS
१२ भदौ २०८३, शुक्रबार   ४ : ०५   बजे

काठमाडौं । ज्येष्ठ नागरिकलाई कानुनले दिएको कैद छुटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले मातहतका अदालतलाई तत्काल कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।

सर्वोच्चले सबै उच्च अदालत, उच्च अदालतका इजलास र जिल्ला अदालतलाई निर्देशात्मक आदेश जारी गर्दै कानुनबमोजिम ज्येष्ठ नागरिकलाई कैद छुटको सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।

सल्यानकी ७४ वर्षीया नोखी खत्रीको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो। कानुनबमोजिम ५० प्रतिशतसम्म कैद छुट पाउनुपर्ने भए पनि खत्रीले निर्धारित १० वर्षको कैद सजायमध्ये सात वर्षभन्दा बढी समय केन्द्रीय कारागारमा बिताएकी थिइन्।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले २०८३ जेठ २० गते गरेको फैसलाको पूर्णपाठमा मातहतका अदालतलाई यस्तो निर्देशन दिइएको हो।

सात वर्षभन्दा बढी जेलमा

नोखी खत्रीलाई सल्यान जिल्ला अदालतले सफाइ दिएको थियो। तर, तत्कालीन पुनरावेदन अदालत तुलसीपुरले २०५३ सालमा उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। उक्त फैसला सर्वोच्च अदालतले २०६२ फागुन २९ गते सदर गरेको थियो।

खत्री २०७५ पुस १७ गते पक्राउ परेकी थिइन्। पक्राउ पर्दा उनको बेरुजु कैद ९ वर्ष ७ महिना १० दिन रहेको थियो। २०१० साल भदौ १५ गते जन्मिएकी खत्री हाल ७४ वर्षकी छिन्।

ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ मा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई कसुरको प्रकृति हेरी ५० प्रतिशतसम्म कैद छुट दिन सकिने व्यवस्था छ।

खत्रीले गरेको कसुर नकारात्मक सूचीमा नपरेको र उनी रिहा हुँदा समाजमा जोखिम सिर्जना नहुने अवस्था रहेको भन्दै सर्वोच्चले कानुनबमोजिम कैद छुट दिन निर्देशन दिएको हो।

७५ प्रतिशतसम्म कैद छुटको व्यवस्था

सर्वोच्चले ज्येष्ठ नागरिक ऐनअनुसार ६० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई क्रमशः २५, ५० र ७५ प्रतिशतसम्म कैद छुट दिई कैदमुक्त गर्न सकिने व्यवस्था रहेको स्पष्ट गरेको छ।

७५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई कसुरको गम्भीरता हेरी हेरचाह केन्द्रमा राख्न सकिने व्यवस्था पनि रहेको अदालतले उल्लेख गरेको छ।

तर जबरजस्ती करणी, तेजाब तथा प्रज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मार्ने वा अंगभंग गर्ने लगायतका गम्भीर अपराधमा भने कैद छुट नदिइने व्यवस्था रहेको फैसलामा उल्लेख छ।

कारागारको प्रतिवेदनलाई पनि आधार

केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलले खत्रीले जेनजी आन्दोलनका क्रममा महिला बन्दीगृह तोडफोड हुनबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै पुरस्कृत गरेको विवरणलाई समेत सर्वोच्चले आधार मानेको छ।

सर्वोच्चले यसअघि पेम्बा गुरुङविरुद्ध नक्खु कारागारसम्बन्धी मुद्दामा जारी गरेको निर्देशात्मक आदेशलाई समेत आधार बनाएको छ। कानुनले कैद छोट्याउने सुविधा दिएको अवस्थामा स्वेच्छाचारी रूपमा अधिकतम कैद अवधिसम्मै राख्नु उचित नहुने अदालतको निष्कर्ष छ।

यस्तो व्यवहारले दण्डको सुधारात्मक पक्ष कमजोर पार्न सक्ने सर्वोच्चले उल्लेख गरेको छ।

त्यस्तै, इयरनेस्ट फेन विक मेसिन्तोसविरुद्ध जगन्नाथदेवल कारागारसम्बन्धी रिटमा प्रतिपादित सिद्धान्तलाई पनि अदालतले मार्गदर्शकका रूपमा लिएको छ। वृद्ध व्यक्तिप्रति राज्यले कैद असुल गर्ने क्रममा सामाजिक न्यायको पक्षलाई समेत ध्यान दिनुपर्ने सर्वोच्चको भनाइ छ।

सबै मातहतका अदालतलाई निर्देशन

सर्वोच्च अदालतले कानुनले प्रदान गरेको ज्येष्ठ नागरिकको कैद छुटसम्बन्धी सुविधा कार्यान्वयन गर्न सबै उच्च अदालत, उच्च अदालतका इजलास र जिल्ला अदालतका नाममा निर्देशात्मक आदेश जारी गरेको छ।

आदेशमा कानुनबमोजिम कैद छुटको सुविधा प्रदान गरी फैसला कार्यान्वयन गर्न गराउन भनिएको छ। सोहीबमोजिम कार्य गर्न सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमार्फत मातहतका अदालतलाई जानकारीसमेत गराइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीका २२ घाइते ट्रमा सेन्टरबाट डिस्चार्ज, ९ जनाको उपचार जारी

भोटेकोशी बाढी : ५४७ शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Singapore Forest Clearing Plans Spark Rare Public Protests

Nepal Flash Floods Claim Over 500 Lives, Nearly 1,000 Remain Missing

Nepal Rescues 117 Foreign Tourists Following Bhotekoshi River Flash Flood

Four Hydropower Workers Rescued From Rasuwagadhi Project

Nepal PMO Warns Against Unauthorized Fundraising For Flood Victims

भारतसँग जीटुजीमार्फत २५ हजार मेट्रिक टन डीएपी मल किन्न सरकारको सैद्धान्तिक सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu