ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आङ्देम्बेले प्रधानमन्त्री शाहलाई बुझाए नौबुँदे ध्यानाकर्षणपत्र


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : २५   बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गर्दै भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन नौबुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

शनिबार बिहान ११ बजेदेखि साढे ११ बजेसम्म सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा आङ्देम्बेले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या र तत्काल सम्बोधन गर्नुपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेका हुन् ।

आङ्देम्बे नुवाकोटको ढुंगेबजार, देवीघाटलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेर काठमाडौं फर्किएपछि प्रधानमन्त्री शाहलाई भेटेका थिए ।

ध्यानाकर्षणपत्रमार्फत उनले हवाई उद्धार, सडक तथा पुल सञ्चालन, विद्युत् र सञ्चार सेवा पुनःस्थापना, बेपत्ताको खोजी तथा शव व्यवस्थापन, घाइतेको उपचार र स्थानीय तहसँगको समन्वयलाई तत्काल प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन् ।

छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाउन माग

आङ्देम्बेले नेपाली सेनाले गरिरहेको हवाई उद्धारको प्रशंसा गर्दै रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न माग गरेका छन् ।

भौगोलिक विकटता र सडक तथा पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा स्थलमार्गबाट तत्काल पुग्न कठिन रहेकाले हवाई उद्धारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनको सुझाव छ ।

अवरुद्ध सडक खुलाउन र बेलीब्रिज राख्न आग्रह

बाढी तथा पहिरोका कारण अवरुद्ध रसुवा, नुवाकोट र धादिङका सडक तत्काल सञ्चालनमा ल्याउन पनि आङ्देम्बेले माग गरेका छन् ।

क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा सात स्थानमा बेलीब्रिज जडान गर्नुपर्ने उनको सुझाव छ । सडक तथा पुल सञ्चालनमा आएपछि प्रभावित नागरिकको आवतजावतसँगै राहत तथा उद्धार सामग्री ढुवानीमा समेत सहज हुने उनको भनाइ छ ।

त्यस्तै, अवरुद्ध विद्युत् तथा सञ्चार सेवा तत्काल पुनःस्थापना गर्नुपर्ने उनले बताएका छन् । उद्धार, राहत वितरण र प्रभावित नागरिकसँगको समन्वयका लागि विद्युत् तथा सञ्चार सेवा अत्यावश्यक रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बेपत्ताको खोजी र शव व्यवस्थापनमा तीव्रता माग

बाढीले बगाएर ल्याएका शव विभिन्न स्थानमा छरिएर रहेको भन्दै आङ्देम्बेले स्थलगत रूपमा थप खोजी तथा उद्धार टोली परिचालन गर्न माग गरेका छन् ।

बेपत्ता नागरिकको खोजी, फेला परेका शवको पहिचान तथा सम्मानजनक व्यवस्थापनलाई समेत प्राथमिकताका साथ अघि बढाउन उनले आग्रह गरेका छन् ।

उद्धार गरिएकालाई काठमाडौंसम्म पुर्‍याउन माग

सुरक्षित स्थानमा उद्धार गरिएका नागरिकलाई आवश्यकताअनुसार काठमाडौंसम्म ल्याउने यातायात व्यवस्था मिलाउनुपर्ने आङ्देम्बेको सुझाव छ ।

घाइते तथा ज्येष्ठ नागरिकको उपचारमा समेत विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि आवश्यक अक्सिजन, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न र ज्येष्ठ नागरिकका लागि पर्याप्त शय्या उपलब्ध गराउन उनले माग गरेका छन् ।

स्थानीय तह र सामाजिक संस्थासँग समन्वय

उद्धार तथा राहत कार्यमा स्थानीय सरकारसँग संघीय सरकारले प्रभावकारी समन्वय र सहकार्य गर्नुपर्ने आङ्देम्बेको भनाइ छ ।

राहत वितरण तथा उद्धारमा सहयोग गर्न इच्छुक सामाजिक संघसंस्थालाई समेत आवश्यक सहजीकरण गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय उद्धार टोलीको सहयोग लिन सुझाव

सुरुङ, भग्नावशेष वा अन्य जोखिमपूर्ण स्थानमा मानिस फसेको सम्भावना रहेकाले आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिन पनि आङ्देम्बेले सरकारलाई सुझाव दिएका छन् ।

विशेषगरी सुरुङ तथा भग्नावशेषभित्र फसेका नागरिकको जीवितै उद्धारका लागि विशेष प्रविधि र दक्ष जनशक्ति आवश्यक पर्न सक्ने भन्दै उनले उपलब्ध अन्तर्राष्ट्रिय सहयोग उपयोग गर्न आग्रह गरेका हुन् ।

त्यसैगरी त्रिशूलीलगायत नदी क्षेत्रमा आवतजावतका लागि आवश्यक स्थानमा तुइनको शीघ्र व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

आङ्देम्बेले विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षा नै सर्वोच्च प्राथमिकता हुनुपर्ने भन्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई थप तीव्र र प्रभावकारी बनाउन सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu