ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चौधरी ग्रुप र नबिलले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ५५   बजे

काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित समुदायका लागि बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेको छ ।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै चौधरी फाउन्डेसन र नबिल बैंकले बाढीबाट प्रभावित समुदायलाई राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने साझा प्रतिबद्धतासहित करिब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

यो रकम बहुचरणमा कार्यान्वयन गरिने बृहत् राहत तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिनेछ । जारी प्रेस विज्ञप्तिमा बाढी प्रभावित परिवारका तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै उनीहरूलाई आपत्कालीन राहतबाट सुरक्षित आवास, पुनर्स्थापना तथा दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ अघि बढ्न आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ ।

पहिलो चरणमा चौधरी फाउन्डेसन र नबिल बैंकले प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको र यो कार्यलाई निरन्तरता दिइने बताइएको छ । यस्तै, राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तुहरू प्रदान गरिने बताइएको छ ।

भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत पुर्याइएको बताइएको छ । चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारी आफैँ स्थानीयस्तरमा परिचालित भएका छन् ।

स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिएको र प्रभावित समुदायलाई दैनिक भोजन उपलब्ध गराइएको बताइएको छ । यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने बताइएको छ ।

शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी आवश्यक सुविधासमेत उपलब्ध गराइएको छ ।

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५ सय वटा अस्थायी आवास एकाइ निर्माण गर्न सरकार तथा स्थानीय सरकारसँग सहकार्य गरिने विज्ञप्तिमा उल्लेख छ । स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित तथा सम्मानजनक आवासको व्यवस्था गरिने बताइएको छ ।

प्रतिष्ठानले दीर्घकालीन प्रतिबद्धताअन्तर्गत संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गरिने बताएको छ ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता जीवनको रक्षा गर्नु र प्रभावित परिवारलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मान सुनिश्चित गर्नु भएको बताएका छन् । उनले भने, ‘हाम्रो जिम्मेवारी आपत्कालीन राहतमा मात्र सीमित हुनु हुँदैन। चौधरी फाउन्डेसन र नबिल बैंकबीचको यस साझेदारीमार्फत उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र सुदृढ जनस्वास्थ्य तयारीसम्मको सम्पूर्ण यात्रामा हामी प्रतिबद्ध छौँ।’

चौधरी फाउन्डेसन र नबिल बैंकका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकहरूसँग निकट समन्वयमा काम गर्ने बताइएको छ ।

यो अभियानमा सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्याउने उद्देश्य राखिएको छ।

राष्ट्रिय संकटका समयमा नेपाली जनताको साथमा उभिने तथा प्रभावित समुदायलाई अझ सुरक्षित, स्वस्थ र विपद्–प्रतिरोधी भविष्य निर्माण गर्न सहयोग गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको साझा प्रतिबद्धताको निरन्तरतास्वरूप यो पहल अघि बढाइएको बताइएको छ ।

प्रभावित समुदायको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले देखाएको शीघ्र र सक्रिय पहलप्रति चौधरी फाउन्डेसन र नबिल बैंक नेपाल सरकारप्रति आभार व्यक्त गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

तनहुँ: लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu