काठमाडौं, १४ भदौ । परराष्ट्रसचिव अमृतबहादुर राईले रसुवाको भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको शव सुरक्षित राख्न अहिले सबैभन्दा बढी फ्रिजर र डीएनए परीक्षण किट आवश्यक रहेको बताएका छन्।
Originally published on abcnews.com.np.
काठमाडौं, १४ भदौ । परराष्ट्रसचिव अमृतबहादुर राईले रसुवाको भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको शव सुरक्षित राख्न अहिले सबैभन्दा बढी फ्रिजर र डीएनए परीक्षण किट आवश्यक रहेको बताएका छन्।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले शव सुरक्षित राख्न तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहिचान प्रक्रिया अघि बढाउन ती सामग्री आवश्यक परेको जानकारी दिए।
उनका अनुसार बाढीपछि थुप्रै शव संकलन भइसकेका छन्। तर, पर्याप्त चिस्यानको व्यवस्था हुन नसक्दा शव कुहिन थालेकाले तत्काल फ्रिजर आवश्यक परेको हो।
“शवलाई कुहिनबाट जोगाउन फ्रिजर मागिरहेका छौँ। अर्को डीएनए परीक्षणका उपकरण पनि मागिरहेका छौँ। अहिले हामीलाई प्रमुख चुनौती यही भएको छ,” उनले भने।
सचिव राईका अनुसार शवलाई व्यवस्थापन गर्नुअघि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पहिचान प्रक्रिया पूरा गर्नुपर्ने भएकाले डीएनए परीक्षण आवश्यक छ। त्यसका लागि पनि पर्याप्त किटको अभाव रहेको उनले बताए।
नेपालले विभिन्न देश तथा अन्तर्राष्ट्रिय साझेदारसँग एक हजारभन्दा बढी फ्रिजर माग गरेको छ। सोही हाराहारीमा डीएनए परीक्षण किटसमेत माग गरिएको सचिव राईले जानकारी दिए।
उनका अनुसार अस्ट्रेलिया, केही खाडी मुलुक तथा युरोपेली संघ (ईयू)सँग फ्रिजर र डीएनए परीक्षण किट उपलब्ध गराउन आग्रह गरिएको छ।
Originally published on abcnews.com.np.
प्रतिक्रिया दिनुहोस्