ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीको आरोपमा फुटबल खेलाडी पक्राउ


admin
६ बैशाख २०७५, बिहिबार   ४ : ०४   बजे

काठमाडौं, ६ वैशाख । फुटबल क्लब सरस्वती युथको पूर्व कप्तान दिपेश श्रेष्ठलाई चोरीको अभियोगमा पक्राउ गरिएको छ । चोरीको माल किनेबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले मोबाईल, ल्यापटप लगायतका सामग्री चोरी गरेर विक्री वितरण हुने गरेको सूचना पाएको थियो । सोही लाई पछ्याउदै प्रहरीले बुधबार काठमाडौं–६, रेम्बोडाँडाबाट बाच्छो भनिने सुवास खड्कालाई शंकास्पद अवस्थामा भेटेको थियो ।

खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले साथीसँग मिलेर चोरीका सामान किनबेच गर्ने गरेको बयान दिएका थिए ।

यही बयानका आधारमा प्रहरी टोली श्रेष्ठसम्म पुगेको हो । प्रहरीका अनुसार चोरीका सामान फुटबलर श्रेष्ठको कोठामा लुकाएर राख्ने गरेको पाइएको छ ।

खनतलासीका क्रममा श्रेष्ठको कोठाबाट विभिन्न ब्रान्डका ३३ वटा मोबाइल, दुई वटा आइफोन, ३ वटा पावर बैंक, सोनी कम्पनीको ३२ इन्जको टिभी एक थान, ५ वटा ल्यापटप लगायतका सामग्री बरामद भएको छ ।

हाल प्रहरी हिरासतमा रहेका श्रेष्ठले चोरीमा संलग्न भएको स्वीकार गरेका छन् । सुवाससँग एक वर्षदेखि चिनजान रहेको र साथीकै लहैलहैमा लागेर चोरी गरेको उनले बताएका छन् ।

चोरीका सामानहरु फेसबुक ग्रुप र अनलाइन किनबेच गर्ने वेवसाइटमार्फत विक्री वितरण गर्दै आएको बयान दिएका छन् ।

पक्राउ परेका दुवै जनामाथि मुलुकी ऐनको चोरीको महल बमोजिम सजाय हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

सरस्वती युथ क्लब नेपालको ‘ए’ डिभिजन क्लब हो । क्ल्बले पछिल्लो पटक २०१३–१४ मा ‘ए’ डिभिजन लिग खेल्दा दिपेश श्रेष्ठ टोलीका प्रमुख सदस्य थिए । लामो समयदेखि ‘ए’ डिभिजन लिग भएको छैन, अहिले सरस्वती क्लब निक्रिय जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group