ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी साइप्रसमा यात्रुवाहक फेरी डुब्दा आठजनाको मृत्यु, १८ बेपत्ता


ABC NEWS
१५ भदौ २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं । उत्तरी साइप्रसको तटीय क्षेत्रमा निजी यात्रुवाहक फेरी डुब्दा कम्तीमा आठजनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन् ।

बीबीसीका अनुसार फेरीमा २५९ जना यात्रु र चालक दलका आठ सदस्य गरी कुल २६७ जना सवार थिए ।

उत्तरी साइप्रसका प्रधानमन्त्री उनाल उस्टेलका अनुसार पर्यटकीय सहर किरेनियाबाट टर्कीतर्फ प्रस्थान गरेको केही समयमै फेरीमा पानी पस्न थालेपछि दुर्घटना भएको हो ।

खराब मौसमका कारण शनिबार नै प्रस्थान गर्नुपर्ने फेरी आइतबार मात्र समुद्रमा गएको थियो । समुद्रमा दुईवटा शक्तिशाली छालले फेरीलाई ठक्कर दिएपछि त्यसमा पानी पसेर पल्टिएको प्रधानमन्त्री उस्टेलले बताएका छन् ।

दुर्घटनापछि उद्धार तथा खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका साथै दुर्घटनाको कारणबारे अनुसन्धानसमेत अघि बढाइएको छ ।

बीबीसीका अनुसार घटनाको अनुसन्धानका क्रममा फेरीका कप्तान र चालक दलका अन्य सात सदस्यलाई नियन्त्रणमा लिइएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चेम्बर अफ कमर्सद्वारा बाढीपीडितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

एनभीएलको उद्घाटन दिनको टिकट बिक्रीबाट आएको रकम दैवी प्रकोप उद्धार कोषमा

रसुवा पुग्ने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा मगर फिल्डमै

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै

अस्ट्रेलियाले नेपालमा राहत सामग्री र उद्धार जनशक्ति पठाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu