काठमाडौं, ६ वैशाख । उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ ठाउ कारबाही गर्ने कार्यक्रम सुरु गरेको छ ।
मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्नकै लागि भनेर ट्राफिक महाशाखाले करिब तीन दर्जन प्रहरी परिचालन गरेको छ ।
कार्यालयमा ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो आएपछि महाशाखाले अनुगमनलाई तीव्रता दिएको हो ।
अहिले पनि मिटरमा हिँड्न नमान्ने ५० देखि ७० ट्याक्सीलाई दैनिक कारबाही गरिरहेको जनाईएको छ ।
ट्याक्सी मिटरमा हिँड्न नमानेलाई हटलाइन १०३ मा खबर गर्न प्रहकरीको आग्रह छ ।
मिटरमा हिँड्न नमान्ने ट्याक्सीलाई महाशाखाले रु तीन हजारदेखि पाँच हजारसम्म जरिवाना लागु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्