ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपेक्स डेढ अर्ब घोटालाको मुख्य टाउके अमेरिका भागे,


admin
६ बैशाख २०७५, बिहिबार   ६ : २३   बजे

काठमाडौं, ६ वैशाख । प्रहरीले एपेक्स डेभलपमेन्ट बैंकको साढे एक अर्ब रुपैयाँ घोटालामाथि छानबिन सुरु गरेसंगै घटनामा संलग्न केही मुख्य व्यक्तिहरु विदेश भागेका छन्। विदेश जानेमा केहि पूर्व सिइओ तथा सञ्चालकहरु रहेका छन् ।

घोटालामा संलग्न बैंकका तत्कालीन सिइओ गोविन्दप्रसाद उपाध्याय अमेरिका पुगेका छन् भने उनीसहित अन्य तीन सञ्चालक छानबिन सुरु भएलगत्तै विदेश पसेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अनुसार, तत्कालीन सञ्चालकहरु वसन्त मल्ल, लोकेन्द्र कर्माचार्य र रिता वादे श्रेष्ठ देश बाहिर छन्। घोटालामा संलग्नहरुको खोजी गर्ने क्रममा उनीहरु विदेश गएको खुलेको हो।

पूर्व सिइओ उपाध्याय र तीन सञ्चालक विरुद्ध प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गराई पक्राउ गराउने प्रक्रिया अघि बढाएको छ।

एपेक्स बैकंका कर्मचारीहरु मिलेर कमसल धितोमा कर्जा प्रवाह गरी करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको तथ्य बाहिर आएको थियो ।

मोटरबाटो नभएको, भिरालो जग्गाको अधिक मूल्यांकन गरेर बैंकका सञ्चालक तथा कर्मचारीहरुले कर्जा प्रवाह गरेका थिए। जुन कर्जा उठ्न नसककेपछि बैंक नै समस्यामा परेको थियो र घटना सतहमा आएको थियो । राष्ट्र बैंकको अनुसन्धानबाट एपेक्स बैंकबाट एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ अनियमितता भएको खुलेको थियो।

घोटालामा संलग्न तत्कालीन सञ्चालक, कर्मचारी, ऋणी तथा भ्यालुएटरसहित २० जनालाई सिआइबीले पक्राउ गरिसकेको छ।

सिआइबीले गत चैत २ गते एकैदिन १३ जनालाई पक्राउ गरेको थियो। बैंकका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल तथा सञ्चालकहरु इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी, छविरमण अधिकारी, मधुवनलाल श्रेष्ठ पक्राउ परिसकेका छन्।

त्यस्तै, तत्कालीन निमित्त सिइओ ऋषिराज भट्ट, वरिष्ठ प्रबन्धक दुर्गादत्त जोशी, सहायक महाप्रबन्धक रामचन्द्र बसौला, शाखा प्रबन्धक विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, सुदीप थापा, सहायक महाप्रबन्धक विनीतमणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल पक्राउ परिसकेका छन्।

कर्जाको मूल्यांकनकर्ता इञ्जिनियर नरेश स्वाँर तथा कर्जा लिने ठेकेदार मनोज भेटवाल पनि पक्राउ परिसकेका छन्।

उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group