काठमाडौं । आज मंगलबार दिउँसो तथा राति देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम महाशाखाले मंगलबार बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
राति कहाँ-कहाँ वर्षा हुन्छ ?
राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
मनसुनी न्यून चापीय रेखा नेपालनजिकै
मौसम महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अझै पनि आफ्नो सरदर स्थानभन्दा केही उत्तरतिर अर्थात् नेपालनजिकै रहेको छ।
मनसुनी न्यून चापीय रेखा नेपालनजिक हुँदा वर्षाको सम्भावना बढ्ने मौसमविद्हरू बताउँछन्। त्यसैले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यान दिई आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्