ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेसको समीक्षा बैठक पुनः आज बस्दै


admin
७ बैशाख २०७५, शुक्रबार   १२ : ०३   बजे

काठमाडौँ, ७ वैशाख । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक प्रतिनिधि र प्रदेश निर्वाचनको समीक्षा गर्न पुनः बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते पार्टीका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित गरिएको थियो ।

यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टीको हारका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो ।

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राख्नुभएको थियो । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले नराम्र्रो हार व्यहोरेको थियो ।

काँग्रेसको यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान तोक्नुका साथै केन्द्रीय समितिमा रिक्त पदाधिकारी र सदस्यको नियुक्तिसमेतको निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले विद्युत् संरचनामा व्यापक क्षति, बाढी आउँदै गरेको भिडियो

प्रचण्डको निर्देशन : रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई आग्रह

सम्बन्धित

🚨 रसुवा बाढीपछि प्रतिनिधिसभा बैठक अन्योलमा, प्रधानमन्त्रीको जवाफ दिने कार्यसूची प्रभावित हुनसक्ने

धितोपत्र तथा बीमा ऐनविपरीत कारोबार गरेको आरोपमा चार जना पक्राउ

रसुवाको बाढीले ३०० मेगावाटभन्दा बढीका जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक अनुमान (भिडियो)

वन तथा कृषि उद्यममा निजी क्षेत्र, सरकार र वित्तीय संस्थाबीच सहकार्य आवश्यक

मनसुनको ६० दिनमा औसतभन्दा १० प्रतिशत कम वर्षा

नवलपुरमा एक महिनामै १७३ जना सर्पदंशबाट प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu