ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आन्दोलनका कार्यक्रम स्थगित गरी वार्तामा आउन यातायात व्यवसायीहरुलाई सरकारको आह्वान


admin
७ बैशाख २०७५, शुक्रबार   १ : ३७   बजे


काठमाडौं, ७ वैशाख ।
सरकारले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामा आउन आह्वान गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव केदारबहादुर अधिकारीले यातायात व्यवसायीहरुलाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरी वार्तामार्फत् समस्या समाधान गर्न आह्वान गर्नु भएको हो । उहाँले यातायात व्यवसायीहरुको समस्या समाधानका लागि उच्चस्तरीय यातायात सुधार समिति बनाउन सकिने प्रस्ताव पनि अघि सार्नुभयो ।

यातायात व्यवसायलाई व्यवस्थित बनाउन सरकारले यसलाई कम्पनी ऐन अन्तरगत संचालन गर्ने निर्णय लिएको पनि सचिव अधिकारीको स्पष्टोक्ति छ । शुक्रबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायात क्षेत्रका देखिएको समस्याहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले वार्तामार्फत् समस्या समाधान गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

मंगलबार सरकारले यातायात क्षेत्रमा देखिएको सिन्डीकेट अन्त्य गर्दै सबै यातायाता संघ, संस्थाको दर्ता र नविकरण कम्पनी ऐन अनुसार गर्ने निर्णय गरेपछि त्यसप्रति आपत्ति जनाउँदै व्यवसायीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । सचिव अधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउने गरी सरकारले लिएको निर्णयबाट नआत्तिन पनि व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले नियम, कानुन र सर्वोच्च अदालतको आदेश अनुसार सिन्डीकेट खारेज गर्ने निर्णय कार्यान्वयनमा लैजान सरकारले यातायात क्षेत्रलाई कम्पनी ऐन अनुसार संचालन गर्न लागिएको स्पष्ट पार्नु भयो । उहाँले ऐन, नियमको पालना गरेर यातायात क्षेत्रलाई व्यवस्थित बनाउने काममा यातायात व्यवसायीहरुले साथ दिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो ।

महानिर्देशक भट्टराईले सरकार यातायात क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu