सिड्नी । नेपालका बाढीपीडितका लागि अस्ट्रेलियास्थित क्राउन इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालक दीपक खड्काले ५१ लाख रुपैयाँ सहयोग गरेका छन्। रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि खड्काले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। मातृभूमिमा विपत्ति पर्दा आफूहरू पनि दुःखी रहेको बताउँदै खड्काले आफ्नो सहयोगलाई ‘सानो मलम’को संज्ञा दिए। न्यु साउथ वेल्सका लागि नेपालका पूर्वमहावाणिज्यदूतसमेत रहेका खड्काले प्राकृतिक विपत्तिका समयमा यसअघि पनि सहयोग गर्दै आएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्