ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा ग्यास अभाव हुन नदिन राजधानीबाहिरै सिलिन्डर भर्न थालियो


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

 

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंमा ग्यास आपूर्ति सहज बनाउन राजधानीबाहिरका उद्योगबाटै सिलिन्डर भरेर पठाउन थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै काठमाडौं प्रवेश गर्न नसकेपछि उपत्यकामा खपत हुने ग्यास विभिन्न जिल्लाका उद्योगमा भरेर ट्रकमार्फत पठाउन थालिएको हो । साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ । चितवनको बाबा ग्यासले मंगलबार भदौ १६ गते श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको सञ्चालक विमल कालाखेतीले जानकारी दिए । धादिङको नौबिसेमा रहेको श्री ग्यासको प्लान्टसम्म बुलेट पुग्न नसकेपछि चितवनमै सिलिन्डर भरेर पठाइएको हो । त्यस्तै, चितवनकै साइबाबा ग्यासले आफ्ना ९ सय सिलिन्डर काठमाडौं पठाएको छ । नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर पठाएको छ । त्यस्तै, गैँडाकोटको जानकी ग्यासमा नौबिसेको श्रीराम, हेटौँडाको सहारा ग्यासमा काठमाडौंको एभरेस्ट र सुगम ग्यासका सिलिन्डर भरेर पठाइएको छ । कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाकै लोकप्रिय, सुपर, तारा लगायतका ग्यास उद्योगले राजधानीबाहिरका विभिन्न उद्योगमा सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौं पठाउन थालेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको आयातमा कमी नआएको बताए । बुलेटमार्फत ग्यास पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा सिलिन्डर भरेर ट्रकमार्फत काठमाडौं पठाइरहेकाले बजारमा ग्यास अभाव नहुने उनको भनाइ छ ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा क्षतिग्रस्त जलविद्युत् आयोजनाबारे प्रधानमन्त्री बालेन र कुलमानबीच छलफल

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यम वर्षाको सम्भावना

सम्बन्धित

पाँच दिनमै सुन तोलामा २४ हजार ८ सय घट्यो, आज फेरि ७ हजारले उकालो

कृष्णभीरमा सडक भासिएपछि राजधानीबाहिरै ग्यास बोटलिङ

मुग्लिन–नारायणगढ सडकको नाम्सी खोलानजिकै ढुंगा खस्यो

अस्ट्रेलियाबाट बाढीपीडितका लागि ५१ लाख सहयोग

नेपालले भोगेको क्षति कोषको क्षमताभन्दा धेरै, जलवायु न्यायका आधारमा थप अन्तर्राष्ट्रिय सहायता खोज्नुपर्ने

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ २६ पैसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu