ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्णभीरमा सडक भासिएपछि राजधानीबाहिरै ग्यास बोटलिङ


ABC NEWS
१८ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

 

चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास आपूर्ति सहज बनाउन राजधानीबाहिरै ग्यास बोटलिङ गरी पठाउन थालिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न ग्यास उद्योगले अन्य जिल्लाका उद्योगसँग समन्वय गरी सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाउन थालेका हुन् । साल्ट ट्रेडिङ कर्पोरेसनको एसटीसी ग्यास वीरगन्जस्थित मनोज ग्यासमा भरेर काठमाडौं पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मंगलबार भदौ १६ गते चितवनको बाबा ग्यासले श्री ग्यासका १ हजार ५ सय सिलिन्डर भरेर पठाएको थियो । त्यस्तै, चितवनकै साइबाबाले आफ्ना ९ सय सिलिन्डर तथा नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासका १ हजार २ सय सिलिन्डर भरेर काठमाडौं पठाएको छ । गैँडाकोटको जानकी ग्यास उद्योगमा नौबिसेको श्रीराम ग्यास, हेटौँडाको सहारा ग्यासमा काठमाडौंका एभरेस्ट र सुगम ग्यास भरेर पठाउन थालिएको छ । कालाखेतीका अनुसार बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा तथा बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले राजधानीबाहिरका विभिन्न ग्यास उद्योगमा बोटलिङ गरी त्रिभुवन राजपथमार्फत काठमाडौं पठाउन थालेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका सदस्यसमेत रहेका कालाखेतीले भारतबाट नेपाल आउने ग्यासको आपूर्तिमा कमी नआएकाले तत्काल अभाव हुने अवस्था नरहेको बताए । बुलेट काठमाडौं पुर्‍याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत पठाइरहेकाले आपूर्ति व्यवस्थापन भइरहेको उनको भनाइ छ । उनका अनुसार गत महिना भारतबाट ६० हजार २ सय मेट्रिक टन ग्यास नेपाल भित्रिएको थियो । हाल पनि सोही अनुपातमा ग्यास आइरहेकाले आपूर्तिमा समस्या नहुने उनले बताए । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास बोटलिङ गर्न अनुमति दिएको जानकारी दिए ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

पाँच दिनमै सुन तोलामा २४ हजार ८ सय घट्यो, आज फेरि ७ हजारले उकालो

काठमाडौंमा ग्यास अभाव हुन नदिन राजधानीबाहिरै सिलिन्डर भर्न थालियो

मुग्लिन–नारायणगढ सडकको नाम्सी खोलानजिकै ढुंगा खस्यो

अस्ट्रेलियाबाट बाढीपीडितका लागि ५१ लाख सहयोग

नेपालले भोगेको क्षति कोषको क्षमताभन्दा धेरै, जलवायु न्यायका आधारमा थप अन्तर्राष्ट्रिय सहायता खोज्नुपर्ने

राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्राको विनिमयदर, डलर १५२ रुपैयाँ २६ पैसा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu