ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘४०–४५ जना सुरुङभित्रै थियौँ, सबैलाई बचाउन खोज्दा म आफैँ थुनिएँ’ — जीवित उद्धार भएका सञ्जय साह


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   १२ : १५   बजे

काठमाडौं । भोटेकोसी–त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र १० दिनसम्म थुनिएपछि जीवित उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहले घटनाको दिन सुरुङभित्र करिब ४० देखि ४५ जना रहेको खुलासा गरेका छन्।

उद्धारपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएका साहले संक्षिप्त प्रतिक्रिया दिँदै आफू कन्ट्रोल रुममा ड्युटीमा रहेको र दुर्घटना भएपछि अन्तिमसम्म सहकर्मीलाई सुरक्षित स्थानतर्फ भाग्न आग्रह गरिरहेकाले आफू बाहिर निस्किन नसकेको बताए।

“म कन्ट्रोल रुममा अपरेटरको काम गर्थें। सामान्यतया त्यहाँ पाँच–छ जना मात्रै हुन्थ्यौं। तर त्यो दिन ४०–४५ जनाजति थियौँ,” उनले भने।

साहका अनुसार दुर्घटनाको संकेत पाएलगत्तै उनले सबैलाई ठूलो बाढी आएको जानकारी गराउँदै तुरुन्त भाग्न भनेका थिए।

“म कन्ट्रोल रुममा भएकाले सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। त्यस्तो दुर्घटना भएपछि म एक्लै भाग्न सक्दिनथेँ। सबैलाई बचाउने क्रममा मैले ‘ठूलो एक्सिडेन्ट भयो, ड्यामतिर बाढी आयो’ भनेर सबैलाई भाग्न भनिरहेँ। त्यसै क्रममा मेरो समय गयो र अन्तिममा म आफैँ निस्किन सकिनँ,” उनले सुनाए।

‘पावर हाउसतिर अझै धेरै जना फसेका हुन सक्छन्’

सञ्जय साहले सुरुङको पावर हाउस क्षेत्रभित्र अझै पनि धेरै मानिस फसेको हुन सक्ने आशंका व्यक्त गरेका छन्।

उनका अनुसार सुरुङ निकै लामो भएकाले धेरै कामदारले समयमै बाहिर निस्कने अवसर पाएनन्।

“भाग्न नसकेको होला। टनेल लामो छ। पानीको फोर्सले धेरैलाई भित्रै लगिसकेको होला,” उनले भने।

१० दिनपछि दुई जनाको चमत्कारिक उद्धार

शुक्रबार बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सुरुङभित्रबाट सञ्जय साह र कबीर महर्जनलाई जीवितै उद्धार गरेको थियो।

दुवै जनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार सुरु गरिएको छ।

सञ्जय साह सप्तरीका स्थायी बासिन्दा हुन् भने कबीर महर्जन काठमाडौंका निवासी तथा आयोजनामा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

उद्धारपछि बढ्यो आशा

सञ्जय साहको बयानसँगै त्रिशूली–३ ‘ए’ लगायत भोटेकोसी बाढीबाट प्रभावित अन्य जलविद्युत् आयोजनाका सुरुङभित्र अझै मानिस जीवित हुन सक्ने आशा बलियो बनेको छ।

उद्धार टोलीले अहिले पनि सुरुङभित्र खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली ‘थ्री ए’मा थप उद्धारका लागि सेनाको टोली पावर हाउस प्रवेश

९ दिनपछि सुरुङबाट दाइको उद्धार, दंग छन् अमिर : ‘जिन्दगीमा यति खुसी हुने दिन पनि आउँदो रहेछ’

सम्बन्धित

विपद्मा पनि हराउन नहुने मानवता

त्रिशूली–३ ए सुरुङबाट तेस्रो व्यक्तिको पनि उद्धार हुँदै

एबीसीसँगको मेरो यात्रा : जिल्लाबाट केन्द्रसम्म, सिकाइदेखि जिम्मेवारीसम्म

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट सञ्जय र कविरको सकुशल उद्धार (तस्बिरहरू)

टेलिभिजनका १९ वर्ष संकट, संघर्ष र समय

एबीसी न्युजको १९ औं वार्षिकोत्सव : समय बदलियो, माध्यम बदलियो, एबीसीको विश्वास बदलिएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu