ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाइसेन्स प्रणालीमा समस्या देखिएपछि संघीय सरकारप्रति बागमतीका मन्त्रीको आक्रोश


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : ०५   बजे

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा समस्या देखिएको भन्दै बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतीले संघीय सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री प्रजापतीले प्रदेश सरकारलाई पर्याप्त अधिकार नदिइएको र संघीय सरकारले प्रदेशका अधिकारमाथि हस्तक्षेप गरिरहेको आरोप लगाए।

उनले पर्यटन क्षेत्रदेखि यातायात व्यवस्थापनसम्म प्रदेशलाई अधिकारविहीन बनाइएको गुनासो गरे। प्रदेश सरकारलाई सीमित अधिकारमा राखेर संघीयता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्ने उनको भनाइ थियो।

विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सफ्टवेयर संघीय सरकारले परिवर्तन गरेपछि समस्या उत्पन्न भएको उनले बताए। बागमती प्रदेशले सञ्चालन गर्दै आएको प्रणाली व्यवस्थित रूपमा चलिरहेको अवस्थामा संघीय सरकारले नयाँ प्रणाली सातै प्रदेशमा लागू गर्न खोज्दा प्राविधिक त्रुटि देखिएको उनको दाबी छ।

नयाँ प्रणालीमा सेवाग्राहीले तिरेको रकमभन्दा फरक रकम देखिने, एउटा व्यक्तिको नाममा अर्को व्यक्तिको विवरण देखिने तथा एउटा प्रदेशमा भरिएको फाराम अर्को प्रदेशमा देखिने जस्ता समस्या देखिएको उनले बताए।

मन्त्री प्रजापतीले भने, ‘५० हजार तिरेको छ भने ३० हजार देखाउने, ३० हजार तिरेकोमा ५० हजार देखाउने, राम भनेर फाराम भरेकोमा श्याम देखाउने, गण्डकीको फाराम भरेको छ भने वागमतीमा देखाउने भएको छ।’

यस्ता त्रुटिका कारण यातायात कार्यालयका कर्मचारीमाथि सेवाग्राहीको आक्रोश पोखिन सक्ने भन्दै उनले कर्मचारीको सुरक्षाको जिम्मेवारीसमेत प्रदेश सरकारमाथि आउने बताए।

समस्या समाधानका लागि आफूले संघीय भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग सम्पर्क गर्न खोजे पनि कुराकानी हुन नसकेको प्रजापतीले गुनासो गरे।

उनका अनुसार मन्त्री लम्साललाई फोन गर्दा कुरा गर्न नमानेपछि आफूलाई मेसेज पठाउन भनिएको थियो। तर, पठाएको मेसेजसमेत नपढेको उनको दाबी छ।

मन्त्री प्रजापतीले जनताबाट उठाइएको करबाट राज्यका सबै संयन्त्र सञ्चालन हुने भएकाले तीनै तहका सरकार र नेतृत्वले जनताका समस्या समाधानमा गम्भीर हुनुपर्ने बताए।

उनले संघीय सरकारका मन्त्रीहरूले प्रदेश र जनताका समस्यालाई बेवास्ता गर्न नहुनेमा जोड दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेवातालको ३० फिट गहिराइबाट युवकको उद्धार

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा उद्धार जारी, एक्स्काभेटर पुर्‍याउन पहुँचमार्ग बनाइँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

…

Pentagon Polygraphs Dozens Of US Military Staff Over Media Leaks

जलवायु परिवर्तनले हिमाली गिद्धको बासस्थान र आहारमा चुनौती

म्याक्सस नेपालद्वारा बाढीपहिरो प्रभावितलाई ८० लाखको सहयोग

बोलिभियाको सैन्य ब्यारेकमा विस्फोट, दुई जनाको मृत्यु

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले नेपाललाई अत्याधुनिक ड्रोन दियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu