काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीमाथि सरकारले कुनै किसिमको दबाब दिन नहुने बताएका छन्।
शनिबार निजामती सेवा दिवसका अवसरमा काठमाडौंमा आयोजित निजामती कर्मचारी सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले कर्मचारीले संविधान र कानुनको सीमाभित्र रहेर निष्पक्ष, जिम्मेवार र जनमुखी ढंगले काम गर्नुपर्ने बताए।
उनले कर्मचारीलाई आफ्नो कर्तव्य निर्वाह गर्ने वातावरण राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
देशको वर्तमान अवस्थाप्रति संकेत गर्दै प्रचण्डले अहिले सबैका लागि राष्ट्र नै सर्वोपरि रहेको बताए। राष्ट्र, जनता र लोकतन्त्रप्रतिको प्रतिबद्धता हरेक व्यक्ति र संस्थामा आवश्यक रहेको उनको भनाइ थियो।
राज्यका सबै संयन्त्रले संविधान, कानुन र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए।
चन्द्रलोक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको थियो। कार्यक्रममा कर्मचारीसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम, प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्