ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङमा नेपाली मूलकी पहिलो जेनजी सोलिसिटर बनिन् निपुण केसी


ABC NEWS
२० भदौ २०८३, शनिबार   ५ : २५   बजे

काठमाडौं । हङकङमा नेपाली मूलकी पहिलो जेनजी सोलिसिटरका रूपमा निपुण केसीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन्।

हङकङद्वीपको एडमिराल्टीस्थित सर्वोच्च न्यायालयको सभाहलमा आयोजित समारोहमा न्यायाधीश जस्टिस ल्योङले उनलाई शपथ खुवाएका हुन्। सोलिसिटर जोन एम पिकभेनले केसीको कानुनी दक्षता न्यायाधीशसमक्ष प्रस्तुत गरेपछि उनले योग्य वकिलका रूपमा शपथ लिएकी हुन्।

शपथसँगै केसीले जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा योग्य सोलिसिटरका रूपमा कानुनी अभ्यास गर्न पाउने भएकी छन्। कार्यक्रममा उनका परिवार, आफन्त तथा शुभचिन्तकसँगै नेपाली मूलकी पहिलो डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङ र हङकङ नेपाली महासंघकी रीता गुरुङ पनि उपस्थित थिए।

हङकङमा नेपाली मूलका नयाँ पुस्ता चिकित्सा, वित्त, व्यापार, पत्रकारिता र सूचना प्रविधिजस्ता क्षेत्रमा अघि बढे पनि कानुनी क्षेत्रमा नेपालीको उपस्थिति अझै न्यून छ। निपुण नेपाली मूलका पहिलो सोलिसिटर एकनारायण शर्मा, सहदेव राई र रिगम राईपछि यो क्षेत्रमा प्रवेश गर्ने नयाँ पुस्ताकी चौथो सोलिसिटर बनेकी छन्।

निपुणको कानुनी क्षेत्रमा प्रवेशको यात्रा भने सहज थिएन। हङकङमै सामान्य परिवारमा हुर्किएकी उनले स्थानीय विद्यालयबाट प्राथमिक तथा माध्यमिक शिक्षा पूरा गरेपछि एचकेयू स्पेसमा कानुन विषयको एसोसिएट डिग्री हासिल गरिन्। त्यसपछि सिटी युनिभर्सिटी अफ हङकङबाट एलएलबी पूरा गरिन्।

उच्च कानुनी शिक्षा अध्ययनका लागि लाग्ने ठूलो खर्चका कारण उनले पढाइमा केही समय ‘ब्रेक’ लिइन्। त्यस क्रममा विभिन्न प्रतिष्ठित कानुनी फर्म, बैंक तथा चेम्बरमा पारालिगलका रूपमा पूर्णकालीन तथा आंशिक समय काम गर्दै अध्ययन खर्च जुटाइन् र आफ्नो कानुनी शिक्षा पूरा गरिन्।

स्थानीय क्यान्टोनिज भाषामा समेत दक्ष निपुणले आफ्नो संघर्षकै क्रममा कानुनी क्षेत्रमा आवश्यक अनुभव र दक्षता हासिल गरेकी हुन्।

शपथपछि उनले १४ वर्षअघि हङकङमा आफ्नो भाषा र समस्या बुझ्ने वकिल खोज्दै हिँड्दाको अनुभव सम्झँदै आफू यही सहरमा वकिल बन्ने गरेको अठोट पूरा भएको बताइन्।

हाल आफ्नै कानुनी परामर्श केन्द्र खोल्नेभन्दा आफू आबद्ध जोन एम पिकभेन एन्ड कम्पनीमै रहेर अनुभव र दक्षता थप निखार्ने उनको योजना छ।

हङकङका नेपाली नयाँ पुस्तालाई कानुनी क्षेत्रमा पनि प्रशस्त सम्भावना रहेको भन्दै उनले दृढ अठोट र मिहिनेतले कुनै पनि क्षेत्रमा अघि बढ्न सकिने बताइन्। स्थानीय भाषामा दक्षता र ज्ञानले थप अवसर सिर्जना गर्ने उनको भनाइ छ।

छोरीले हङकङको उच्च अदालतका न्यायाधीशसामु शपथ लिएको देख्न पाउँदा उनका आमा रूपा कँडेल र बुवा मनबहादुर केसीले खुसी र गर्व महसुस गरेको बताएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्धार गरिएकी चण्डिकाको शल्यक्रिया तयारी

भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

उद्धार गरिएकी चण्डिकाको शल्यक्रिया तयारी

भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

आठौँ दिनदेखि थालिएको थियो काजकिरिया, ११औँ दिनमा जीवित भेटिइन् चण्डिका

न्युयोर्कका मेयर ममदानीले विद्यालयमा लगाए एआई प्रयोग गर्न रोक

सरकारको लक्षण राम्रो देखिएको छैन: प्रचण्ड

60-Year-Old Woman Rescued Alive After 11 Days Buried By Flood Debris In Nepal

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu