ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेश : जहाँ हुन्छ नेपाली युवतीको खरिदबिक्री


एबीसी न्यूज
८ बैशाख २०७५, शनिबार   ६ : ५१   बजे

काठमाडौ, ८ वैशाख ।कैलाली कनरीकी २१ वर्षीया लक्ष्मी चौधरी चार वर्षअघि अवैध बाटो भएर घरेलु कामदारका रूपमा कुवेत पुगिन् । त्यहाँ उनले सोचेजस्तो काम र दाम पाउन सकिनन् । दुई वर्ष नबित्दै फर्किइन् ।

जाँदाजस्तो फर्किन सजिलो भएन, लक्ष्मीलाई । ‘घर फर्कन पाउँछु भन्ने आशा मरिसकेको थियो । मालिकका घरमा जेलसजाय भुक्तान गरिरहेको कैदीजस्ती भएकी थिए,’ उनी भन्छिन्, ‘अनेक जुक्ति लगाई मालिकलाई फकाएर धन्न घर फर्किन पाएँ ।

भारतको दम्बोली । हो, त्यही ठाउँमा खरिद–बिक्री भएकी थिइन्, लक्ष्मी । ‘मालिक’ ले त्यही ठाउँबाट उनलाई जहाजमा राखेर आफ्नो देश कुवेत लगे । त्यहाँ करिब दुई वर्ष बन्धकझैं बस्नुपरेको उनले बताइन् । ‘बिहान ७ देखि राति १२ बजे काम गर्नुपथ्र्यो,’ उनले सम्झिइन्, ‘भर पेट खान पनि दिन्थेनन्, मालिकले आफूले छाडेको जुठो खाना दिन्थ्यो ।’ बच्चाको स्याहार गर्ने मूल काम भए पनि घर सफाइदेखि भाँडासम्म माझ्नुपथ्र्यो उनले ।

मालिक रिसालु प्रवृत्तिको थियो । गाली नगरेको र नकुटेको दिनै हुन्थेन । घरबाट बाहिर निस्केर पनि कता भाग्ने ? त्यहाँको प्रहरीले पक्रिने डर सधैं रहन्थ्यो । पीडा सहेर बाँच्नुको विकल्प थिएन । उनी मालिकलाई रिझाएर उम्कने जुक्ति लगाइरहेकी थिइन् । ‘दुई वर्षको अवधिमा मेरा हातका रेखा मेटिइसकेका थिए । भाग्यरेखाप्रतिको विश्वास त झनै टुटिसकेको थियो,’ लक्ष्मी भन्छिन् ।

एक दिन ‘मालिक–मालिक्नी’ असाध्यै खुसी मुडमा घर फर्किए । ‘मैले घरमा आमा एक्लै र बिरामी अवस्थामा रहेको भन्दै फर्किने इच्छा व्यक्त गरेँ । सोच्दै नसोचेको कुरो भयो । मालिकले हुन्छ भनिदिए,’ उनले सुनाइन् । तर, कुवेत एयरपोर्टबाट जहाजले भुईं नछोडासम्म उनी ढुक्क थिइनन् । मालिकको मुड परिवर्तन होला कि भन्ने आशंका थियो ।

​दम्बोली: नेपाली युवतीको खरिदबिक्री
दम्बोलीमा नेपाली युवतीको खरिदबिक्री नै हुने गरेको उनले बताइन् । ‘त्यहाँको एउटा हलमा मजस्ता धेरै नेपाली दिदीबहिनीहरूलाई दिनभरि बसाइन्थ्यो । विदेशीहरू आउँथे । सबैलाई उभ्याएर छामछुम गरी हेरिन्थ्यो । मन परेकालाई लैजान्थे । मसँगैकी अर्की महिला साउदी अरब गइन्,’ उनी भन्छिन्, ‘नेपाली मात्र नभएर बंगाली र भारतीय महिला पनि त्यहाँ थिए ।’ दम्बोलीमा दुई महिना बसेपछि मालिकको रोजाइमा परेकी थिइन्, लक्ष्मी ।

उनी अहिले सुरक्षित आप्रवासनका क्षेत्रमा काम गर्ने एक संस्थामा स्वयंसेवा गर्छिन् । उनको काम वैदेशिक रोजगारीमा जाने चाहनेहरूलाई गैरकानुनी प्रक्रियाबाट जानबाट रोक्न यससम्बन्धी परामर्श दिनु हो ।

भारतको बाटो अवैध प्रक्रियाबाट वैदेशिक रोजगारीमा पुगेर कष्ट झेल्ने लक्ष्मी एक्ली होइनन् । पछिल्लो समय अरू थुप्रै चेली भारतीय बाटो भएर खाडी मुलुक पुग्ने गरेका छन् । त्यहाँ सोचेअनुसारको काम नपाएर दु:ख मात्र झेल्दैनन्, श्रम तथा शारीरिक शोषणमा समेत पर्ने गरेका छन् ।

गैरकानुनी प्रक्रियाबाट विदेश पुगेर समस्यामा परेका थुप्रै महिलालाई उद्धार गरिरहेको सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले बताए । उनले कैलालीबाट गैरकानुनी तरिकाले विदेश पुगेका महिलाको संख्या ठूलो भएको बताए । ’

कान्तिपुर दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group